रामहृदय यादव
जनकपुरधाम, १ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशसभाका सदस्य नरहेका व्यक्तिले सभा सम्बोधन गर्नुले संघीय गणतन्त्रको उपेक्षा, उपहास र अवमूल्यन गरेको बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभा सम्बोधन गर्नुको खासै औचित्य नरहेको बताएको हो । प्रदेशसभामा जोकोही पनि गएर बस्न र सम्बोधन गर्न पाउने अधिकार कसैको छैन ।
सोमबार विशेष संवाद गर्दै उनले भने, ‘प्रधानमन्त्री ओलीले सुपर पावर प्रयोग गरेर संघीयता मेरो कब्जामा छ, संघीयता मैं हुँ भन्ने दम्भ देखाएको छ ।’ दुनियाँमा कहिँकतै नभएको चलन मधेसमा लागु गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागतका बाधक प्रधानमन्त्री ओली नै रहेको दावी गरे ।
अध्यक्ष यादवले संघीयता कार्यान्वयन नगरी प्रदेशहरुलाई अधिकार विहीन बनाएर संघीयता बदनाम गर्ने षडयन्त्र भइरहेको छ । देशका शासकहरु सत्ताको दम्भ र अहंकार देखाएकाले संघीयता कमजोर बनेको छ । अध्यक्ष यादवले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता, सिद्धान्त र आदर्श विपरीत कार्य गर्नु संघीयता समाप्त पार्ने खेल भइरहेको छ ।’
अध्यक्ष यादवले प्रधानमन्त्रीको हैसियतले मात्र प्रदेशसभाहरुलाई सम्बोधन गर्ने चलन र परम्परा कुनै पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएको मुलुकमा देखिँदैन । सङघीय संसदमा अन्य मुलुकबाट आएका सम्माननीय राजकीय अतिथिले सरकार र सभामुख को अनुमतिप्राप्त भएपछि मात्र विशेष सम्बोधन गर्ने चलन रहेका छन् ।
शासकहरुले संघीयता कार्यान्वयन नगर्दा प्रदेशहरु स्वायत्त बन्न सकिरहेको छैन । प्रदेशहरुलाई अधिकार विहीन बनाएर श्रोतसाधन र जनशक्तिको अभावमा स्वायत्त र अधिकार सम्पन्न प्रदेश बनाउन शासकवर्गले नचाहेको अध्यक्ष यादवले आरोप समेत लगाए ।
+ There are no comments
Add yours