मिर्चैया, ५ बैशाख । जनता समाजवादी पार्टी नेपालले मिर्चैया नगरपालिकाको अधिवेशन सम्पन्न गरेको छ । बैशाख ४ गते बिहीबार मिर्चैया बजारमा एक कार्यक्रम गरी भव्य रुपमा प्रथम नगर अधिवेशनको खुल्लासत्र सम्पन्न गरिएको हो ।
जसपा नेपालका नेता धीरेन्द्र कुमार साहको अध्यक्षता भएको अधिवेशनमा केन्द्रीय उपमहासचिव प्रकाश अधिकारी, केन्द्रीय सचीव सुरेश मण्डल, केन्द्रीय सदस्य तथा जसपा नेपाल परिसंघ संयोजक चन्देश्वर पासवान, रामकुमार मण्डल, प्रदेश सदस्य बिष्णु साह जिल्ला कार्यकारिणी समति सदस्य प्रभात सिँह, प्रेस मंच नेपाल मधेश प्रदेस अध्यक्ष अभरेन्द्र यादव लगायतका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै नेता रामदयाल यादव, नेतृ चन्द्रकला शाह, जसपा नेपाल कल्याणपुर नगर अध्यक्ष किसोरी यादव, कर्जनहा नगर अध्यक्ष केशव साह, नेकपा एसका ललन साह नेपाली काँग्रेसका किसोरी ठाकुर, मिर्चैया उद्योग वाणिज्य संघका भरत महासेठ लगायत मिर्चैया नगरपालिकाको १ देखि १२ वडाका सम्पूर्ण पदाधिकारी तथा सदस्य र नगर प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
अधिवेशनमा सबैलाई शुभकामना सहित कुशल कार्यक्रम सञ्चालन अजय यादवले गरेका थियो ।
दुई दिनसम्म चलेको अधिवेशनको खुल्लासत्र बैशाख ४ गते सम्पन्न भएसँगै बैशाख ५ (आज) शुक्रबार बन्दसत्रबाट नगरका पदाधिकारी र सदस्यहरु चयन गर्दै अधिवेशन सम्पन्न गरिने प्रेस मञ्च नेपालका मधेस प्रदेश अध्यक्ष अभरेन्द्र यादवले जनाए ।
+ There are no comments
Add yours