मिर्चैया, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालले सिरहा जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
लामो रस्साकस्सी र छलफलपछि जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
पार्टीको प्रथम जिल्ला अधिवेशनले अशोक कुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।
जिल्ला अधिवेशन बैशाख ८ गतेबाट सुरु भएको थियो । ३ दिनसम्म चलेको बन्दसत्रले बिहीबार सर्वसम्मत समिति चयन गरेको हो ।
जिल्ला समितिका पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन गरिएको निर्वाचन समिति संयोजक सञ्जय कुमार यादवले जनाएको छ ।
जिल्लामा चयन भएका जिल्ला समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै जसपा नेपालका मधेस प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादवले पनि शुभकामना व्यक्त गरे ।
+ There are no comments
Add yours