जनकपुरधाम, ८ असोज । नेकपा एमालेबाट निर्वाचित एक वडा अध्यक्षले पार्टीबाट राजिनामा दिएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मिर्चैया नगरपालिका पार्टीका नगरकमिटीका उपाध्यक्ष समेत रहेका वडा नं. ११ का वडाअध्यक्ष चन्द्रदीप कुमार यादवले पार्टीबाट राजिनामा दिएका हुन् ।
देशको वर्तमान अवस्था, जनताको भावना र परिस्थितिलाई गम्भीरतापूर्वक बुझेर आफूले यस्तो गम्भीर निर्णय लिनु परेको वडाअध्यक्ष यादवको भनाइ छ ।
वडाअध्यक्ष यादवले आजदेखि कुनै पार्टीगत प्रतिबद्धतामा नभई समाज, जनता र देशको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।
उनले नेकपा एमाले पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी, पद र साधारण सदस्यता समेत त्यागेको जनाएका छन् । उनले भने, ‘राजनीतिमा कहिलेकाहिँ कठिन निर्णय लिनु पर्ने हुन्छ भन्ने विश्वासका साथ राजिनामा दिएको छु ।’
खासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण देशमा दुर्घटना निम्तिएका छन् । यसै तथ्यलाई आधार मान्दै वडाअध्यक्ष यादवले देशको वर्तमान स्थितिमा नेकपा एमाले चुकेका कारण आफूले यस्तो गम्भीर निर्णयमा पुगी राजिनामा दिएको बताएका छन् ।
+ There are no comments
Add yours