स्वायत्त मधेशको माग विखण्डन होइन, यो समान अधिकार, आत्मसम्मान र पहिचानको वैध दाबी हो : स्वायत्त मधेशको माग विखण्डन होइन, यो समान अधिकार, आत्मसम्मान र पहिचानको वैध दाबी हो ।
मधेशीलाई प्रायः “विखण्डनकारी” भनेर दोष लगाइन्छ। तर साँचो कुरा के हो भने, अधिकार दिन नचाहनेहरूले अधिकार माग्नेलाई विखण्डनकारी देख्नु स्वाभाविक बनाइदिन्छन्। किनभने जब कसैले आफ्नो हक र अधिकारको माग गर्छ, त्यो अधिकार नदिन चाहनेहरूको सबैभन्दा सजिलो हतियार यही शब्द हुन्छ — “विखण्डनकारी।”
तर वास्तविकता के हो भने — विखण्डन कसैले पनि चाहेर गर्दैन। जब अवस्था सह्य रहन्छ, तब कुनै पनि समुदाय सहजै विखण्डन चाहँदैन।
तर जब अन्याय, उपेक्षा र अपमानको सीमा नाघ्छ; जब अस्तित्वमै संकट उत्पन्न हुन्छ; जब आफ्नो पहिचान, संस्कृतिलाई मेटाउने षड्यन्त्र हुन्छ — त्यसपछि विखण्डन रोक्ने कुनै शक्ति रहँदैन।
दुई–अढाई सय वर्षदेखि एउटै देशभित्र बस्ने जनतालाई पनि यदि निरन्तर असमानता र अपमान सहनुपर्छ भने त्यो समुदायले स्वतन्त्रताको बाटो रोज्नु स्वाभाविक हुन्छ। किनकि जब असह्य हुन्छ, तब विखण्डन रोकिएर रोकिँदैन।
मधेशीलाई प्रायः “विखण्डनकारी” भनेर दोष लगाइन्छ। तर साँचो कुरा के हो भने, अधिकार दिन नचाहनेहरूले अधिकार माग्नेलाई विखण्डनकारी देख्नु स्वाभाविक बनाइदिन्छन्। किनभने जब कसैले आफ्नो हक र अधिकारको माग गर्छ, त्यो अधिकार नदिन चाहनेहरूको सबैभन्दा सजिलो हतियार यही शब्द हुन्छ — “विखण्डनकारी।”
त्यो शब्द प्रयोग भएपछि आफ्ना समुदाय स्वाभाविक रूपमा गोलबद्ध हुन्छ, र प्रतिरोधको स्वर अझ बुलन्द बन्छ।
तर वास्तविकता के हो भने — विखण्डन कसैले पनि चाहेर गर्दैन। जब अवस्था सह्य रहन्छ, तब कुनै पनि समुदाय सहजै विखण्डन चाहँदैन।
तर जब अन्याय, उपेक्षा र अपमानको सीमा नाघ्छ; जब अस्तित्वमै संकट उत्पन्न हुन्छ; जब आफ्नो पहिचान, संस्कृतिलाई मेटाउने षड्यन्त्र हुन्छ —त्यसपछि विखण्डन रोक्ने कुनै शक्ति रहँदैन।
दुई–अढाई सय वर्षदेखि एउटै देशभित्र बस्ने जनतालाई पनि यदि निरन्तर असमानता र अपमान सहनुपर्छ भने त्यो समुदायले स्वतन्त्रताको बाटो रोज्नु स्वाभाविक हुन्छ। किनकि जब असह्य हुन्छ, तब विखण्डन रोकिएर रोकिँदैन।

+ There are no comments
Add yours