सिरहा, ५ चैत्र । मधेश प्रदेश सिरहा जिल्ला पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने गोलबजार एक प्रमुख व्यापारिक केन्द्रको रूपमा परिचित छ, जहाँ कटारी, गाईघाट, धनुषा तथा सप्तरी लगायत विभिन्न क्षेत्रबाट दैनिक ठूलो संख्यामा उपभोक्ताहरू किनमेलका लागि आउने गर्छन्।
यही व्यस्त बजारमा मासु पसलेहरूले खसीको मासु आकर्षक देखाउन कृत्रिम रंग (कलर) प्रयोग गरी बिक्री गर्ने गरेको गुनासो बढ्दै गएको छ। उपभोक्ताहरूका अनुसार, मासु ताजा देखाउन र बिक्री बढाउनका लागि केही व्यवसायीहरूले रसायनिक रंग प्रयोग गर्ने गरेका छन्, जुन मानव स्वास्थ्यका लागि गम्भीर खतरा हुन सक्छ।
स्थानीयवासीहरूले यस्तो कार्य स्पष्ट रूपमा खाद्य सुरक्षा सम्बन्धी कानुन विपरीत भएको बताएका छन्। तर पनि सम्बन्धित निकायबाट नियमित अनुगमन नहुँदा यस्ता गतिविधि खुलेआम भइरहेको आरोप छ।
व्यवसायीहरु रङ्ग मिसाउनु वाध्यताहो पहिला वेसार र खाने चुना मिसाएर खसीको शरिरमा रहेको किरा मार्न रौ खौरेपछि दल्ने गरिन्थ्यो तर समय वित्दै जाँदा मासुको माग र उपभोक्ताको संख्या वृद्धि भए संगै परम्परागत तरीका भन्दा आधुनिक तरिका रङ्गनै लगाउने गरेको र ग्राहक पनि आर्कषितहुने भएको ले रङ्गको प्रयोग गरेको वताउछन् ।
उपभोक्ताहरूले खाद्य वस्तुमा मिसावट गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न र बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन्। साथै, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले स्थानीय तह र सरोकारवाला निकाय गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ।
तस्वीर: राहुल राय

+ There are no comments
Add yours