प्रमिलाको उम्मेद्वारी फिर्ता,
२९ फागुन, जनकपुर ।
जनता समाजवादी पार्टी बाट उपराष्ट्रपति पदको उम्मेद्वार बनेकी प्रमिला यादवले आफ्नो उम्मेद्वारी फिर्ता लिएकी छन । जसपा राजनीतिक समिति सदस्य र राष्टृय सभाकी सदस्य समेत रहेकी यादवले आज सोमबार आफ्नो उम्मेद्वारी फिर्ता लिएकी हुन । उम्मेद्वारी फिर्ता लिँदै उनले पार्टी र गठबन्धनका आधिकारिक उम्मेद्वार राम सहाय प्रसाद यादवलाई अत्यधिक मत दिएर विजयी गराइदिन अनुरोध गरेकी छन ।
यादवले सोमबार जारी गरेको विग्यप्तिमा उल्लेख छ । प्राविधिक रूपमा मेरो नाम उम्मेद्वारको रूपमा रहन गएको भए तापनि प्रतिवद्धताका साथ म उहाँलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दछु ।ु संविधानमा राष्ट्रपति र उपराष्ट्रपति पदमा फरक फरक लिङ्ग वा समुदायबाट हुनुपर्ने छु भन्ने सव्दावलीको व्याख्या फरक फरक लगाइएपछि २७ फागुनमा जसपाबाट राम सहाय र प्रमिला प्रमिला दुवैले उम्मेद्वारी दिएका थिए ।
गठबन्धन तर्फका उम्मेद्वार राम सहायको उम्मेद्वारीविरुद्ध उजुरी पर्ने र निर्वाचन आयोगले उनको उम्मेद्वारी खारेज गरेमा प्रमिलालाई आधिकारिक उम्मेद्वार बनाउने जसपाको योजना थियो । एमालेका तर्फबाट उपराष्ट्रपति पदकी उम्मेद्वार अष्ठलक्ष्मी शाक्यले राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपति उम्मेद्वारका रूपमा राम सहाय प्रसाद यादव एउटै लिङ्गको हुन संविधानले रोक्ने भन्दै उम्मेद्वारी खारेज गर्नुपर्ने माग सहित निर्वाचन आयोगमा उजुरी दिएकी थिइन । निर्वाचन आयोगले हिजो आइतबारबाट यादवको उम्मेद्वरी खारेज गर्नु नपर्ने भन्दै उम्मेद्वारी कायम हुने निर्णय गरेको थियो ।
+ There are no comments
Add yours