लहान–२३ तिलबोनास्थित साहुजी पोखरीमा छठको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

Spread the love

लहान, सिरहा । लहान नगरपालिका–२३ तिलबोनास्थित साहुजी पोखरीमा छठ पर्वको अवसरमा घाट मर्मत तथा सरसफाइ समितिको आयोजनामा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
सिरहा जिल्ला समन्वय समिति प्रमुख दिनेश कुमार महतोको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीयवासी तथा श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा जय माता दी म्युजिक ग्रुपले विशेष सांगीतिक प्रस्तुति दिँदै उपस्थित दर्शक तथा सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

घाट मर्मत तथा सरसफाइ समितिका अध्यक्ष शियाराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छठ पर्वको अवसरमा स्थानीयस्तरमा धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप प्रोत्साहन गर्ने वातावरण बनेको थियो।

कार्यक्रमले छठ पर्वको सांस्कृतिक पहिचान संरक्षणसँगै स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गरेको छ।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours