फेटा अस्पताल घटनामा प्रहरी दमनको जसपा नेपालद्वारा भर्त्सना, छानबिन र कारबाहीको माग

Spread the love

जनकपुर, कार्तिक १८ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिले बारा जिल्लाको फेटा गाउँपालिकास्थित नगर अस्पतालको भवन पूर्ण रूपमा सञ्चालनयोग्य नहुँदै उद्घाटन गर्न लागिएको विषयलाई लिएर स्थानीय नागरिकले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनको जनता समाजवादी पार्टी जसपा) नेपाल मधेश प्रदेश समिति भर्त्सना गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिको २०८३ कात्तिक १७ गते बसेको पुर्ण बैठकले विरोध प्रदर्शनका क्रममा प्रहरी प्रशासनबाट भएको बर्बर दमन, लाठीचार्ज तथा गोलीकाण्डप्रति घोर निन्दा गरेको हो।
बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषी प्रहरीमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ।

बैठकले राज्यद्वारा समाचार सम्प्रेषण गरेकै कारण पत्रकारहरूमाथि डर, त्रास र धम्की सिर्जना गरी सत्यतथ्य लुकाउन खोजिएको घटनाप्रति पनि गम्भीर आपत्ति जनाएको छ।
जसपा नेपालले पत्रकारमाथिको यस्तो व्यवहार स्वतन्त्र पत्रकारिता र लोकतन्त्रमाथिको प्रहार भएको ठहर गर्दै यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग जोडदार माग गरेको छ। साथै, आगामी दिनमा लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई खवरदारी गरेको छ ।
पार्टीका मधेश प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत उक्त धारणा सार्वजनिक गरिएको हो।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours