बिधुत सप्लाई काटी गाउँ Black Out

Spread the love

सिरहा

गोलवजार २ लालपुर गाउँमा विद्युत चुहावट नियण्त्रण गर्न जाँदा कर्मचारीहरुमाथि गाउँलेले आक्रमण गर्दा नेपाल विद्युत प्राधिकरण मिर्चैयाले बिधुत सप्लाई काटि गाउँलाई बल्याक आउट गरेको मिर्चैया वितरण केन्द्र प्रमुख ईन्जिनियर जय कुमार यादवले वताएको छ ।
२०७९।१०।१९ गते बेलुका ७.३० बजे ने.वि.प्रा. मिर्चैया वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले गोलबजार न.पा २ लालपुर गाउँमा स्थानीय प्रेम बहादुर लामा ,उतिम रायको छोरी लाली राय,भिम राय , शुशिल साह र सन्तोष राय लगायतकाले विधुत चुहावट गरिरहेको सूचना प्राप्त पश्चात उपरोक्त स्थान पुगी चुहावट नियन्त्रण गर्ने क्रममा उक्त व्यक्तिहरुले स्थानीयको सहयोगमा घरेलु हतियार सहित घेरा हाली कर्मचारीहरु क्रमशः ड्राइभर प्रदिप साह ,सुमित कर्ण, बिजली माझी, अरविन्द कुमार साह र मदन साह लगायतका लाई कुटपिट गरि सख्त घाइते बनाउनुका साथै भाडाको गाडी समेत तोडफोड गरेका थिए ।
घटना पश्चात सुरक्षाकर्मीहरुको सहयोगमा उक्त लालपुर गाउँको बिधुत सप्लाई काटी गाउँ Black Out गरि घाइते कर्मचारीहरुको स्थानीय भुमिजा अस्पतालमा उपचार पश्चात घर पठाईएको वितरण केन्द्र प्रमुख यादवले जानकारि गराउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours