लहानमा सृजना प्रथम गोल्डकप शुरू

Spread the love

प्रेमशिला यादब, लहान २२ माघ ।
खेल जगतमा सवैभन्दा लोप्रिय मानिएको खेल फुटबल प्रतियोगिता सिरहाको लहान नगरपालिका वडा नं.११ पडरियामा सञ्चालन भएको छ ।
सृजना सामुदायिक पुस्तकालयको आयोजनामा सुरू भएको प्रतियोगिता पुस्तकालयका अध्यक्ष खडक नारायण चौधरीको अध्यक्षतामा सिराहा निर्वाचन क्षेत्र नं १ क का प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा फुटबल प्रतियोगिताको उद्दघाटन भएको छ ।
जारी गोल्डकपमा सिरहा, सप्तरीका करीब १० वटा फुटबल टिमले प्रतियोगितामा भाग लिएको पुस्तकालयका सह सचीव धर्मराज चौधरीले जानकारी दिनु भएको छ । शनिवारको पहिलो खेलमा लहान नगरपालिका वडा नं. १२ भोटियाटोल विरुद्ध सप्तरीको सुरुङ्गा नगरपालीका वडा नं. ५ कुशहा विच प्रशिस्पधा भएको छ ।
माघ २१ ग्ते वाट फाल्गुन १ गते सम्म जारी रहने खेल प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार १ सय ५५ र दोस्रो हुने टिमलाई २१ हजार १ सय ५५ रुपैयाँ तथा कप मेडल हस्तान्तरण गरिने साथै खेल फिफाको अन्तरराष्ट्रिय नियमानुसार खेलाइने सृजना गोल्डकप प्रतियोगिता संयोजक बिजय आनन्द कुमार चौधरीले बताउनु भएको छ ।
प्रतियोगिताको खेल अवधिमा खेलाडीहरुको लागि सृजना पुस्तकालयका सह सचिव भर्मराज चौधरीले पिउने पानीको सम्पूर्ण ब्यबस्थापन गर्ने समेत संयोजकले वताउनुभयो । उक्त उद्घाट्न कार्यक्रममा वडा भरीका वुद्धिजिवी, खेल प्रेमी, समाजसेवीहरुको वाक्लो उपस्थिती रहेको थियो .

You May Also Like

More From Author

+ There are no comments

Add yours