प्रेस मञ्च नेपाल मधेश प्रदेशको बैठक तथा होली मिलन कार्यक्रम सम्पन्न

Spread the love

मलंगवा चैत १० गते ।
प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको आयोजनामा सर्लाहीको मलंगवामा मधेश प्रदेश समिति पदाधिकारीहरुको बैठक तथा होली मिलन अर्थात शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सर्लाहीको मलंगवा स्थित जानकी पार्टी पैलेशको सभाहलमा आयोजित बैठकमा अगामी कार्यनीति तथा कार्ययोजना बारे बृहत छलफल तथा होली मिलन शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली पात्रो अनुसार पहाडमा आईतबार र तराईमा सोमवार होली पर्व मनाइने भएपनि होली पर्वको एकदिन पहिला शनिबार मधेस प्रदेश कार्यसमितिको आयोजना गरिएको छलफल तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम मधेस प्रदेश समितिको अध्यक्ष अभरेन्द्र यादवको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष मनोज यादवको प्रमुख अतिथी लगायत केन्द्रीय सदस्यहरु, प्रदेश कार्य समितिका सदस्यहरु, जिल्ला कार्यसमितिहरुको उपस्थितिमा होली पर्वको शुभकामना आदान प्रदान गरेका थिए ।

 

You May Also Like

More From Author

+ There are no comments

Add yours