समाजवादी इन्जिनियर्स नेपाल जितको दावेदार

Spread the love

सिरहा
नेपाल इन्जिनियर्स एसोसिएशन मधेश प्रदेशको तेस्रो कार्यकारीणी समितिको निर्वाचन भाद्र २८ गते हुन गइरहेको छ ।
उक्त चुनावमा ई. राजेश यादव नेतृत्वको प्यानल जितको प्रवल सम्भावना रहेको ई. विनित यादवले वताउनु भयो ।
ई. राजेश यादवको प्यानलले मधेश प्रदेशभरीका जिल्लाहरुमा रहेको ईन्जिनियरहरु संग समन्वय गरी आफ्ना १६ वुंदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गर्दै भोट मागीरहँदा लहानमा उक्त टोली ले ई. राजेश यादव प्यानललाई नै भोट किनको विभिन्न प्रश्नहरुको जवाव दिदै प्रचार प्रसार गरेका छन ।
क्रं. सं. ५ केन्द्रिय सदस्य पदको उम्मेदवार ई. संजिव नारायण यादव र सभापति पदका उम्मेदवार ई. राजेश यादव प्यानलले उम्मेदवार गरेको र उक्त प्यानललाई नै भोट दिन सम्पुर्ण एसोसिएशन सदस्यहरुलाई आग्रह समेत गर्नु भयो ।
त्यसै गरी अन्य पदका उम्मेदवारहरु क्र.सं. ५का ई. राम विनोद राय (उप–सभापति), आ. अंजु कुमारी यादव (सचिव), ई. मिथिलेश कुमार साह (सह–सचिव), इं मनिष केशरी (कोषाध्यष), सदस्य पदका उम्मेदवारहरु ई. संतोष साह (क्र.सं.४०) ई. नविन कुमार यादव (क्र.सं.४१) ई. रवि कुमार पटेल (क्र.सं.४२) ई. योगेन्द्र प्रसाद यादव (क्र.सं.४३) ई. संतोष कुमार झा (क्र.सं.४४) ई. अरुण कुमार यादव (क्र.सं.४५) ई. अमित कुमार यादव (क्र.सं.४६) ई. रवि भुषण कुमार (क्र.सं.४७) ई. ओम नारायण यादव (क्र.सं.४८) रहेको ई. राजेश यादवले जानकारि दिनु भयो ।
मधेश प्रदेशमा १७७८ सदस्य संख्या रहेको एसोसिएशनमा जनकपुर केन्द्रमा १४१२ र विरगंज केन्द्रमा ३६६ सदस्य संखया रहेको इं संजिव नारायण यादवले वताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours