मिर्चैया, सिरहा । अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा उपाधि जित्न सफल मधेश प्रदेशका चर्चित खेलाडी दयाराम महतो ‘तराई टाइगर’ नामले चिनिनेलाई सिरहाको मिर्चैयामा स्वागत तथा सम्मान गरिएको छ।
मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकको नारायण जिम एन्ड फिटनेस सेन्टरमा आयोजित कार्यक्रममा जिमका प्रशिक्षार्थी, खेलप्रेमी रामनारायण साह तथा स्थानीय युवाहरूले महतोलाई स्वागत गरेका हुन्।
अन्तर्राष्ट्रिय स्तरमा उपाधि जितेर देश र मधेश प्रदेशको नाम उच्च राखेको भन्दै सहभागीहरूले उनको सफलताको प्रशंसा गरे। उनीहरूले महतोको उपलब्धिले मधेशका युवालाई खेलकुदप्रति आकर्षित गर्न र रेस्लिङ क्षेत्रमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले महतोलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थप सफलता हासिल गर्न शुभकामना दिएका थिए।

+ There are no comments
Add yours