बिरेन्द्र महतोले उपेन्द्र यादवको सम्बन्धमा सत्ताको Bargain को लागि अध्यादेशलाई प्रयोग गर्नु राजनीतिक ठगी: राजनीतिक विश्लेषक बेचन यादव

Spread the love


उपेन्द्र यादव को एउटा राजनीतिक निर्णयले धेरै लाई राजनीतिक नैतिक संकट पैदा गरिदिएको अबस्था सिर्जना भएको छ । अस्ति सदनमा जसपा नेपाल को चुनाब चिन्ह र उपेन्द्र यादवको राजनीतिक लेगेसिले चुनाब जितेर अर्को दल प्राबिधिक रुपमा गठन गरेर सांसदको हैसियतमा सिरहाको सांसद बिरेन्द्र महतोले उपेन्द्र यादवको सम्बन्धमा सत्ताको Bargain को लागि अध्यादेशलाई प्रयोग गर्नु राजनीतिक ठगी भनेर परिभाषित गर्दै थियो । हिजोको जसपा नेपालको निर्णयले खासगरी अशोक राई नेतृत्वको जसपा, महन्त ठाकुर नेतृत्वको लोसपा तथा CK राउत नेतृत्वको जनमत पार्टीलाई राजनीतिक नैतिक संकट सिर्जना गरिदिएको अबस्था छ ।

यी तिन वटा दलले जसपा नेपाल जस्तै अध्यादेश सम्बन्धमा आफ्नो राजनीतिक धारणा सार्बजनिक गर्ने साहस गर्न सक्नु पर्यो ? तर जसपा , लोसपा तथा जनमतको लागि त्यो बहुत गार्हो हुने अवस्था छ । वास्तविक रुपमा उपेन्द्र यादव को दलले यो अध्यादेश को समर्थन गरोस भने आन्तरिक चाहना राखेको थियो | जसपा को यो निर्णय ले राजनीतिक Stand प्रस्ट पारे सरकारबाट बाहिर जानुपर्ने सो नगरे Political Double Standard भनेर यी ३ वटा दल को राजनीतिक पोल खुल्ने स्थिति सिर्जना भएको छ ।

राजनीतिक रुपमा अपमानको घुट सहेको उपेन्द्र यादव को एउट Political Struck ले सतारुढ राजनीतक दल समेत यी तिन वटा दललाई ठुलो झट्का दिएको छ । यसको साथै यी निर्णय गर्दा जसपा नेपाल पूर्णरुपमा आफ्नो स्वविवेक र आवश्यकताले निर्णय गर्न सक्षम छ भनेर माओवादीको प्रचण्डलाई पनि जोरको झट्का धीरे लगाएको छ ।

आखिर मैले भनेको प्रमाणित भयो कि करिया खलिफाको दाउमा चढ्यो भने आफु भन्दा तेबर/चौबरलाई पनि उतानो पार्ने सामर्थ्य र क्षमता राख्छ भनेर प्रमाणित भयो । हार्दिक धन्यबाद जसपा नेपाल र उपेन्द्र यादवलाई !

-(सिरहा निवासी बेचन यादव संघीयता र समाजवादको विषयमा निरन्तर कलम चलाउने राजनीतिक विश्लेषक हुन् ।)

You May Also Like

More From Author

+ There are no comments

Add yours