अर्चना यादव
जनकपुरधाम, ४ फागुन । धनुषाको धारापानीमा व्यापार व्यवसाय कमजोर बन्दै गएको छ । केही वर्षअघिसम्म निकै रफ्तार बढाएका धारापानी बजारक्षेत्र अहिले सिथिल बन्दै गएको हो ।
धारापानीभन्दा पछि चल्तीमा आएका अन्य स्थानको तुलनामा धारापानी चोक व्यापारिक केन्द्र बन्न सकिरहेको छैन ।
रात्रिकालीन समयमा झिलिमिली र रंगीचंगी हुनुपर्ने चोक अहिले मन्द गतिका कारण यहाँको व्यापारिक औचित्य नै धरापमा पर्दै गइरहेको छ ।
धारापानी चोकक्षेत्रमा राम्रो होटल छैन, न त चिया पसल नै । यतिसम्म की अन्य व्यापारिक पसलहरुमा पनि सामान किन्नेहरुको चहलपहल छैन ।
चाडपर्वका बेला समान्यतया सबै खालका पसलहरु र चोकको दृश्य हेर्न लायकको भएपनि अन्य बेला खासै केही देखिँदैन ।
मेडिसिन पसल छ अस्पताल छैन । आधारभूत स्वास्थ्य चौकी मात्रै छ । त्यो पनि सरसफाइको अभाव भोगिरहेको छ ।
हार्डवेयर पसल छ स्थानीयहरु अर्को ठाउँबाट सामान खरिद गरेर ल्याउने गर्दछ । सुनचाँदीको व्यापारले खासै व्यापार नै पाएन । कपडा पसल छ थोक विक्रेता छैन । किराना पसलको त कुरै नगरौं, मनपरी मूल्य हुन्छ । फलफूलको पसल छ मान्छे हुँदैन । बजारका लागि चाहिने सबै प्रकार सामान तथा वस्तुहरु खरिद विक्री भएतापनि बजार जस्तै देखिएन ।
धारापानी क्षेत्र व्यापारीहरुकै कारण संकटमा पर्दै गइरहेको छ । यहाँ प्रत्येक व्यापारीहरुको आआफ्नै मूल्य हुने गर्दछ । सामान खरिदकर्तालाई जतिसक्दो बढी मूल्य लिन चाहन्छन्, यहाँका व्यापारीहरु । ‘अपना काम बन्ता भाँडमे जाए जनता’ भन्ने उखान यहाँका व्यापारीहरुसँग ठ्याक्कै मेल खान्छ ।
व्यापारिक पूर्वाधार निर्माण र सोहीअनुसारको सकारात्मक सोंच भएका व्यापारीहरुको पनि एकदमै खाँचो रहेको छ ।
धारापानीको विकासमा सबै एकजुट हुनुपर्ने : व्यवसायी चन्द्रमोद साह
बैंकको कुरै नगरौं आजसम्म कुनैपनि कमर्सियल वा सरकारी बैंकको ध्यान नै पुग्न सकेन यहाँ । लघुबित्तहरु भएपनि यहाँ आफ्नै मुनाफामा सरिक हुने बाहेक केही छैन ।
शिक्षाको कुरा गर्नूपर्दा यस विषयमा धारापानीले फड्को मारेकै हो । प्लेग्रुपदेखि ब्याचलर सम्म र प्राविधिक शिक्षा पढाइ हुने भएका कारण धारापानीको गरिमा बढेको देखिन्छ । यहाँ शिक्षाको प्रभाव निकै नै छ, जसकारण धारापानी चिनिरहेको छ ।
+ There are no comments
Add yours