सिरहा, लहान नगरपालीकाका उप–प्रमुख राम चलितर महतो सार्वजनिक बिदाकै दिन सरकारी सवारी साधन प्रयोग गरि पदीय मर्यादाको दुरुपयोग भएको पुष्टि भएको छ।

लहानका उप–प्रमुख महतो २०८३ वैशाख १९ गते शनिवार राष्ट्रिय स्वतन्त्र पार्टिको सिरहा पार्टी कार्यलय उद्घाटन कार्यक्रममा सहभागी हुन सरकारी गाडी प्रयोग गर्दै करिब लहान नपा भन्दा ४५ किलोमिटर टाढा सिरहा सदरमुकाम पुगेका थिए।
उप–प्रमुख महतो सिरहा स्थित रास्वपा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी भएको तथ्य बाहिरिएपछि विवाद चर्किएको छ। नियमविपरीत सरकारी स्रोत पार्टीगत प्रयोजनमा प्रयोग भएको भन्दै स्थानीय स्तरमा तीव्र आलोचना भइरहेको छ। पत्रकारहरूले प्रश्न उठाउँदा उल्टै पत्रकारलाई थर्काएको आरोप समेत लागेको छ, जसले प्रेस स्वतन्त्रता र सार्वजनिक पदको आचरणमाथि गम्भीर प्रश्न खडा गरेको छ।
जनआक्रोश बढ्दो छ — “नियम उल्लङ्घन गर्ने जिम्मेवार पदाधिकारीमाथि कारबाही कहिले ?”
अरुले गर्दा ठिक रास्वपाले गर्दा वेठिक– रास्वपा कार्यकर्ता

+ There are no comments
Add yours