जसपा नेपालले संगठन निर्माणलाई तीव्र बनाउँदै, मिर्चैया १० मा समिति गठन : अभरेन्द्र यादव

Spread the love

मिर्चैया, १४ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई जारी राखेको छ । सो अभियानअन्तर्गत बुधबार मिर्चैया नगरपालिका वडा नं. १० मा संगठन निर्माण गरेको बताइएको छ ।

सो वडाको रतनपुरमा एक कार्यक्रम गरी गुरुदेव यादवको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा गुनेश्वर यादव र महेश चौधरी छन् । त्यस्तै सचिवमा श्रीमती रामसुनैर महतो, सहसचिवमा सम्पैत यादव र कोषाध्यक्षमा बलराम कापरलाई चयन गरिएको स्थानीय युवा नेता अभरेन्द्र यादवले बताए ।

सो कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य चन्देश्वर पसमान, विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष चिरन्जीवी यादव, नगर अध्यक्ष घिरेन्द्र साह, कार्यदल सदस्य रामदयाल यादव र अजय कुमार यादव, नगरसचिव दीपनारायण यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको प्रेस मञ्च नेपाल मधेस प्रदेशका अध्यक्ष अभरेन्द्र यादवले जनाए ।

चुनिएका सबै सदस्यहरु सर्वसम्मत चयन गरिएको जसपा नेपालका केन्द्रीय सदस्य चन्देश्वर पसमानले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours