प्रादेशिक अस्पताल ,सिरहा जनअपेक्षित तबरले साकारात्मक रुपमा अघि बढ्दै

Spread the love

शम्भु यादव प्रभाकर ,सिरहा
प्रादेशिक अस्पताल ,सिरहा जनअपेक्षित तबरले साकारात्मक रुपमा अघि बढ्दै
प्रादेशिक अस्पताल सिरहाको परबर्तित पुर्वाधार एवं विकासका योजनाहरुबाट निर्वाध रुपमा सिरहा अस्पताल सजग र सक्रियताका साथ् अघि बढेको ब्याबस्थापन संचालन समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवले जनाएका छन्। प्रादेशिक अस्पताल सिरहाको विभिन्न सेवा सुबिधालाई मध्ये नजर राख्दै “स्वस्थ उपचारका लागी आउनेलाई शिघ्रनै सम्पूर्ण सेबा सुबिधा उपलब्ध गराउने जवाफदेहीताको परिकल्पना गरेतापनि प्रादेशिक र केन्द्रिय स्तरका सरकारी नियमनका कारण दक्ष चिकत्सकको दरबन्दी तथा अन्य उपचारका आबश्यक सामग्रीहरुको उपलब्धता समयमा हुन् नसक्नु त्यसकालागी आफु पूर्णरुपले प्रयासरत रहेको” उनले भने,प्रादेशिक अस्पताल भित्रका बिभिन्न प्रशासनिक क्रियाकलाप र स्वस्थ उपचार सम्बन्धि गतिबिधि यतिनै सहज र सरलताका साथ् संचालनमा रहेको उनले बताए / अस्पतालको संचालनमा पूर्वाधार बिकास लगायत बिरामीलाइ समयमै दिन सक्ने शिघ्र छिटो छरितो बिषेश उपचारका सेवा अन्तर्गत डायोलेसीस,नि;शुल्क फ्युजुथेरापी, प्रबिधियुक्त बिरामी परिक्षण प्रयोगशाला तथा अस्पताल भित्रका परिसरलाई स्वच्छ,  सरसफाइमा रुपान्तरण गर्दै लागेको समिति अध्य्क्ष यादवले भने / “रक्तको अभाबले समयमै सल्यक्रिया हुन् नसक्दा ३५ बर्ष देखि नेपाल रेडक्रस शाखा सिरहाले लिएको bloodbank भबनमा समेत त्यसको ब्यबस्थापन नहुदा प्रादेशिक अस्पताल सिरहाले आफ्नो भबन फिर्तालिएको जनाउदै उचित ब्यबस्थापन गरी शिघ्रनै सो कार्यलाई संचालनमा ल्याउने आफ्नो योजना रहेको अध्य्क्ष सोहिन्द्र यादवले भने/ मधेश प्रदेशको प्रादेशिक अस्पताल भित्र संचालित बिमारीकालागी दिईने उपचारका सेबा सुबिधा र बार्षिक समिक्षाले प्रादेशिक अस्पताल सिरहा न्युनतम मापदण्ड अन्तर्गत तेस्रो स्थानमा रहेको समेत उनले बताए / अन्य साकारात्मक अस्पताल पूर्वाधार निर्माणका शल्यक्रिया जस्ता सघन उपचारका क्रियाकलापलाई अगाडी बढेको बताउदै ” शिघ्रनै अर्थो पेडिकको सफल उपचार र शल्यक्रिया सफलता साथ सो सुबिधा पाउनुका साथै “दिनहु जसो बढ्दै गएको बिरामीसंगै आउनेका लागि बिरामी कुरुवा भबन समेत निर्माण गर्ने योजना आफ्नो कार्यकालमा अघि बढाउने उनले बताए / अध्यक्ष यादवको सफल र कुशल सक्षम ब्यबस्थापनले प्रादेशिक अस्पताल प्रदेशको पहिलो अस्पतालको रुपमा स्थापित भई सुचारु हुन् सके बिरामी यस अस्पताल बाट बाहिर जाने बाध्यता नरहने अस्पतालका कार्यरत पूर्व मे सु बालरोग चिकत्सक सरोज कुमार यादवले बताए /”उपचारार्थका लागि अस्पताल आउने बिरामी तथा सेवाग्राहीलाई यस प्रादेशिक अस्पताल सिरहाले तिब्ररुपमा आफ्नो प्रभाबकारी सेवा उपलब्ध गराउन तत्पर रहेको बताउदै “आबश्कीय दक्ष चिकित्सकको दरबन्दी समेत पुर्ण नहुदा यस अस्पतालबाट बिरामी रिफर गर्ने जस्ता पछिल्ला परिपाटिको स्वरुपलाइ परिबर्तन गर्दै उपचारको निम्ति क्रमिक सुधारको गति र प्रक्रियालाई सर्बसाधारणकालागि निकै ब्यबस्थित, सहज र सुलभ रहेको” चिकित्सक यादवले भने,

You May Also Like

More From Author

+ There are no comments

Add yours