जसपा नेपाल निकट पेशाकर्मी महासंघमा पुनः ब्रजकिसोर यादव

Spread the love

जनकपुरधाम, ३० चैत । नेपाल बौद्धिक पेशाकर्मी महासंघ धनुषाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शनिबार जनकपुरधाममा एक समारोहबीच ब्रजकिसोर यादवको अध्यक्षतामा भएको अधिवेशनले पुनः उनलाई नै सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिएको हो ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य महाजन यादवको प्रमुख आतिथ्य तथा प्रदेश सांसद राम अशिष यादवको विशेष उपस्थितिमा महासंघको प्रथम जिल्ला अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको हो ।

जसपा नेपालको शुभेच्छुक संगठनको रुपमा रहेको महासंघले ब्रजकिसोर यादवको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मो. कलिम राइन, उपाध्यक्ष (महिला) सिम्पी विच्छा, सचिवमा विरेन्द्र यादव, सहसचिवमा सुर्यनारायण साह, कोषाध्यक्षमा मुकेश कुमार मंडल र सहकोषाध्यक्षमा रामसुन्दर यादव चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुशील साह, गोपाल यादव, रवीन्द्र साह, लव नारायण चौधरी, विभा कुमारी साह, सरिता कुमारी यादव, सत्य नारायण साह, राम नारायण यादव, योगेन्द्र प्रसाद पाल, प्रमोद यादव, सुशील यादव, संगीता कुमारी यादव चयन भएका छन् ।

अधिवेशनले महासंघको धनुषा जिल्ला सल्लाहकारमा राम गोविन्द यादव, राम हृदय यादव र बसन्त यादवलाई चयन गरेको छ ।

अधिवेशनमा जसपा नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, रामपृत यादव, जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष विष्णुदेव साह, अम्वुप्रसाद साह लगायतको सहभागीता रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours