सिरहा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माग तथा विभिन्न राष्ट्रिय मुद्दाहरू अघि सार्दै सिरहा जिल्लाको सदरमुकाममा भव्य प्रदर्शन गरेको छ। पार्टीको आह्वानमा गरिएको प्रदर्शनमा ठूलो संख्यामा नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।
प्रदर्शनका क्रममा सरकारलाई वुझाइएको २८ वुंदे मागहरुको तत्काल पुरा गर्न सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै मधेशका जनसमस्याहरू, सुशासन, समान अधिकार, रोजगारी, शिक्षा–स्वास्थ्य, संघीयताको प्रभावकारी कार्यान्वयनलगायतका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका थिए।
जसपा नेपाल सिरहाले जनताको आवाजलाई दबाउने प्रवृत्ति अन्त्य गर्न, संविधानले दिएको अधिकार व्यवहारमा लागू गर्न तथा जनजीविकासँग सम्बन्धित समस्याहरू समाधान नगरे चरणबद्ध आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनीसमेत दिएको छ।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।
https://youtu.be/OUMh2cvGpu0

+ There are no comments
Add yours