संविधानको धारा १६८(३) अनुसार सरोज यादव मुख्यमन्त्री नियुक्त

Spread the love

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका सरोजकुमार यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयमा बोलाएर यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा उनलाई प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै यादवले अब संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत प्राप्त गरेपछि उनले प्रदेश सरकारको नेतृत्वलाई निरन्तरता दिनेछन्।

सरोजकुमार यादवको नियुक्तिसँगै मधेश प्रदेशमा नयाँ राजनीतिक तथा शासकीय प्रक्रियाको सुरुवात भएको छ।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours