ऐतिहासिक सलहेश फुलवारी र संरक्षणको आवश्यकता

Spread the love

चन्देश्वर पासमान

सलहेश फुलवारीको इतिहास
सिरहा जिल्लाको लहान नगरपालिका वाड नं. १२ र २२ मा अवस्थित प्रसिद्ध ऐतिहासिक, पौराणिक, साँस्कृति धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित सलहेश फुलवारी (बगैंचा) १४ औं शताब्दीमा राजा पुरादित्यद्धारा लगाइएको भन्ने जनविश्वास छ । त्यसपछि पकडियागढका राजा कुलेश्वर सिंहले यसको रेखदेख गर्न थालेको भन्ने छ र १६ औं शताब्दीमा कुलेश्वर सिंहले फुलवारीको पूर्णसंरक्षणको जिम्मेवारी सलहेशलाई सुम्पेका थिए र हाल सम्म यो बगैंचा सलहेश फुलवारीको नामले प्रख्यात छ ।
यस फुलवारी भित्र दैवीरुपी इनार रहेको र आपरुपी बगिरहेको बाली गंगा नदी देख्न सकिन्छ । यही शितल पानीको प्रभावबाट फुलवारी भित्र सयौं प्रजातीका रुखविरुवाहरु छन् जुन वर्षौ देखि जीवन्त रहेकोछ । सुकिसकेका, मरिसकेका मुल रुख विरुवाबाट निस्केका जडा, लहरा र हाँगा बिँगाहरु विशालकाय रुख भएको देख्न पाइन्छ, जसमा आयुर्वेदिक औषधीय गुणले भरिपूर्ण रहेको वनस्पति विज्ञहरुको भनाईछ । फुलवारी धार्मिक आस्था, साँस्कृतिक महत्व र प्राकृतिक सौन्दर्यका कारण लोकप्रिय मानिन्छ । यो धार्मिक स्थल मात्रै नभएर मधेस र नेपालकै साँस्कृतिक जीवनको प्रतिक बनेकोछ ।


फुलवारी : सलहेश र मालिनी दिदीवहिनीको प्रेमकथा
महिसोथागढका राजा मणिक देव र रानी मदोदरीका कान्छा सुपुत्र सलहेश तीक्ष्णबुद्धि, पराक्रमी, कुशल कुस्तीवाज, बलशाली, दिव्यपुरुषका रुपमा प्रख्यात थिए । उनलाई बर (दुल्हा)को रुपमा पाउन कैयन् राजकुमारीहरु देवी देवता भाकल गरेका थिए, त्यसै मध्ये मोरंगका मालिनी पाँच वहिनी राजकुमारीहरु सलहेशलाई पतिका रुपमा पाउन प्रण गरेका थिए । ती मालिनी दिदी वहिनीहरु जादुकलामा निपुण मानिन्थे । यी सबबाट बेखबर सलहेशका दाजुहरु मोतीराम र बुधेश्वरले बिराटपुरकी राजकुमारी चन्द्रवतीसँग विवाह गरिदिएका थिए । यस विवाहबाट रिसाएका जादुगर्नी मालिनी दिदी वहिनीहरुद्धारा सुहाग रातमा सलहेशलाई सुगाको रुपमा परिणत चोरेर लगेको किंवदन्ती छ । पछि यो कुरा सलहेश पत्नी रानी चन्द्रावतीले थाहा पाएपछि उनै दिदी वहिनीहरुसँग सलहेशलाई पर्काउने वचन दिएर लगेका थिए भन्ने जनश्रृति छ । यही वचनको भरोसामा सलहेशद्धारा संरक्षित रहेका सलहेश फुलवारी भित्र सुनाखरी फुल बोकी प्रतिक्षामा उभिएका मालिनी दिदीवहिनीको प्रारुपमा हारमको रुख रहेको मान्यता स्थापित छ र सोही हारमको रुखमा सलहेशका मनपसन्द सुनाखरीको फुल वैशाख महिनाको पहिलो दिन फुल्ने र एक विशेष समयमा मौलाउने अद्धभुत परम्परा चलिआएको छ, जसलाई मालिनी दिदी वहिनीले फुल अर्पण गरेको र राजा सलहेशले स्वीकार गरेको भन्ने जनविश्वास छ ।
यिनीहरुलाई प्रेमीप्रेमिकाको आदर्शका रुपमा पुजिन्छ । यसैको प्रतिकका रुपमा फुलवारी भित्र राजा सलहेश र मालिनीको गहबर छ जसलाई साक्षी राखेर युवायुवती प्रणयसुत्रमा बाँधिने प्रचलन पनि छ । सन्तान सुख, जीवन सुख शान्तिका भाकल गर्दा मनोकांक्षा पुरा हुने गरेको जनआस्था रहि आएकोछ । बैशाख महिनाको पहिलो दिन लाग्ने विशाल फुलवारी मेला यहि जन आस्थाको पहिचानका रुपमा प्रसिद्ध रहेकोछ ।
सलहेश फुलवारी : संरक्षण जरुरी
सलहेश फुलवारी भित्र दैवीरुपी इनार पानीको मुलश्रोत रहेको सुनिन्छ, जुन आपरुपी मुलश्रोतबाट बालीगंगा नदी बगिरहेको देख्न सकिन्छ । यही शितल पानीका प्रभावबाट सलहेश फुलवारी भित्र सयौं प्रजातीका रुखविरुवाहरु छन् जुन कैयो शताब्दी देखि जीवन्त रहेकोछ । सुकिसकेका, मरिसकेका मुल रुख विरुवाबाट निस्केका जरा लहरा र हाँगा बिँगाहरु विशालकाय रुख भएको देख्न पाइन्छ, जसमा आयुर्वेदिक औषधीय गुणले भरिपूर्ण रहेको वनस्पति विज्ञहरुको भनाईछ । त्यसकारण सलहेस फुलवारी धार्मिक आस्था, साँस्कृतिक महत्व र प्राकृतिक सौन्दर्यका रुपमा पुजिन्छ । यो धार्मिक वन होइन, यो ऐतिहासिक देव स्थल हो । यो देव स्थल एक पालिकाको मात्रै होइन, मधेस प्रदेश र नेपालकै साँस्कृतिक जीवनको प्रतीक हो ।
तर सलहेश फुलवारी आज विभिन्न बाह्य अतिक्रमणको चपेटामा परेकोछ । फुलवारी क्षेत्रको वास्तविक जग्गा व्यक्तिको नाममा रहेको सुनिन्छ । दैवीरुपी बालीगंगा नदीको शितल पानीका प्रभावबाट फुलवारी भित्र सयौं प्रजातीका रुखविरुवाहरु जसमा आयुर्वेदिक औषधीय गुण भएको प्रमाणित छ तर कथित विकासका नाममा यसका प्राकृतिक स्वरुपमा चोट पु¥याउदै फुलवारी ९बगैंचा० क्षेत्र भित्र सिमेन्ट कंक्रिटका पक्की भौतिक संरचना र आकृति मुर्ति निर्माण गरेको देखिन्छ । बाल वालिकाको क्रिडास्थल र खेलकुदका लागि फलामे संरचना खडा गरेको देखियो । फुलवारी भित्र पिकनिक खाने, विभिन्न खाले फोहोर हुने, आगो बाल्ने वा धुवा प्रदुषणबाट प्राकृतिक रुखका बृद्धि विकासमा क्षति पु¥याउने काम भएको देखिन्छ ।
यस बाहेक कहिले पार्क त कहिले अन्य आस्थाका मठ मन्दिर वा कुनै बेग्लै प्रकृतिका स्मारक निर्माण हुने चेष्टा गरिएकोछ । यसर्थ ऐतिहासिक सलहेश फुलवारी कुनै एक जात समुदायको धरोहर भन्दापनि सम्पूर्ण समाजको आस्थाको साझा फुलवारी हो यसको संरक्षण सम्बद्र्धन गर्नु हामी सवैको उत्तरदायित्वमा हुनुपर्छ ।
यो ऐतिहासिक सलहेश फुलवारी लहान नगर क्षेत्र भित्र पर्ने धार्मिक प्राकृतिक सम्पदा भएको हुदा यसका संरक्षण, सम्बद्र्धन र सौन्दर्यिकरण गर्ने महत्वपुर्ण जिम्मेवारी स्थानीय सरकारको नाताले लहान नगरपालिका र सम्बन्धित वडा कार्यालयहरुको हुनु पर्दछ । यसका पुराना क्षेत्रफल भएका जग्गा सोध खोज गरि फिर्ता ल्याउनु पर्दछ । फुलवारीको उचित घेरावेरा लगाउनु पर्ने देखिन्छ । विश्वमा परिरहेको न्यिदब न्यिदब िध्बचmष्लन को नकारात्मक असरबाट सचेत रही पुर्वयोजना बनाउनु पर्दछ । फुलवारीको विकास र सौन्दर्यिकरण गर्न गुरुयोजना ःबकतभच एबिल बनेको हो भने त्यसलाई अक्षरशः लागु गर्न गराउन पहल कदमी लिनु पर्दछ । साथै संघीय पर्यटन मन्त्रालयले समेत फुलवारीलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना रहेको बुझिन्छ, तर जिल्ला वन कार्यालयले धार्मिक वन समूह दर्ता गरि खुम्चाउन खोज्नु कतिको जायज छ । यसमा स्थानीय सरोकारवाला जन समुदायले जिम्मेवार तरिकाले सोचनु पर्नेछ । ऐतिहासिक प्राकृतिक सम्पदाका रुपमा सम्बोधन गर्दै फुलवारी संरक्षण र सम्बद्र्धनलाई पहिलो प्राथमिकता दिन आम जन समुदायको चासो हुन आवश्यक छ ।

सलहेश फुलवारी मेला : व्यवस्थापकीय झमेला
मिथिला क्षेत्रका सबै भन्दा प्राचीन मेला मध्येमा सलहेश फुलवारी मेला पर्दछ । प्रेम, समर्पण, आस्था र विश्वासका रुपमा प्रसिद्ध धार्मिक मेलामा नेपाल बाहेक भारतका बिहार, झारखण्ड, उत्तर प्रदेश तथा मध्य प्रदेशबाट हजारौंका संख्यामा श्रद्धालु दर्शनार्थीहरुको घुँईचो लाग्ने गरेकोछ । धार्मिक आस्था, साँस्कृति महत्व र प्राकृतिक सौन्दर्यका लागि लोकप्रिय मानिन्छ । सही व्यवस्थापनबाट श्रद्धालु दर्शनार्थीहरुले महत्व र आस्थाबारे व्यापक प्रचार हुने सम्भावना रहन्छ । बैशाख महिनाको सुख्खायाममा लाग्ने मेलामा गर्मीको बढी प्रभाव देखिन्छ । १ दिनको मेलालाई व्यवस्थापन गर्न गराउन मेला समिति हुने गर्दछ जसले मेलामा व्यापार गर्नेहरु सँग निश्चित रकम असुल्ने गर्दछ ।
यही असुली रकमका लागि यसपटक वाड १२ र २२ का स्थानीय वासिन्दाको झगडा सतहमा देखियो, जुन प्रशासनको हस्तक्षेपले साम्य भएको छ । गठन भएको वन समूहको काम कर्तव्य देखिएन । धार्मिक आस्थाले फुलवारी गहबरमा चढने भेटी, दान, उपहार र मेलाको व्यवसायी करणबाट उठेको रकम पार्दर्शी रुपमा देखाउने र खर्च गर्ने बिधिको अभाव देखिन्छ । मेलाका बेला बाह्य र आन्तरिक प्रभावबाट संरक्षण गर्न यस प्रकार हुने आम्दनीबाट टेवा पुग्नु पर्ने हो तर देखिदैन, कुन स्वार्थ समूहको वर्चश्व हन्छ बुझन बठिन छ । मेला लाग्नु अगावै आउने श्रद्धालु भक्तजनहरुका लागि फुलवारी भित्र भन्दा बाहिर सुलभ वासस्थानका लागि पण्डाल, शौचालय र शुद्ध खानेपानीको प्रबन्द्ध मिलाउनु पर्छ । सकभर भारतीय श्रद्धालुका लागि निःशुल्क खाना खुवाउने व्यवस्था गरिनु पर्छ ।
यसको असल शुरुवात श्री सलहेश पासवान समाज लहानले गरेको देखियो यस पुनित कार्यमा सहयोग गर्नु पर्ने देखियो । निश्चियत घेरा भित्र मासुजन्य र नशालु पेय पदार्थ बेचबिखन निषेघ गरिनु पर्दछ ।
सलहेश फुलवारी : दुसाध पासवान समाजको दायित्व
राजा सलहेश दुसाध समुदायका इष्टदेवता, लोकनायक तथा वीर राजा भएको सर्वस्वीकार्य छ । उनी दुसाध जातीको गौरव र पहिचानको प्रतीक मानिन्छ । उनलाई न्यायप्रेमी, साहसी र जनताको हितमा काम गर्ने शासकका रुपमा पुजिन्छ । गरीब, उत्पीडित जनताको रक्षा गर्ने, अन्याय अत्याचार र भेदभावको बिरोध गर्ने भएका हुदा जनताको राजा मानिन्छ ।
राजा सलहेश केवल एक ऐतिहासिक पात्र मात्र नभई सामाजिक न्याय, समानता र साहसका प्रतीक हुन् जसले आज पनि समाजलाई समानता र मानवताको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गर्दछ । पर्वतका राजा भनेर समेत प्रसिद्धी कमाएका राजा सलहेशले संरक्षण गरेका जीवित इतिहासका रुपमा सलहेश फुलवारी रहेकोछ, जसको ठुलो धार्मिक र साँस्कृतिक महत्व छ ।
यति भनिरहँदा सलहेशका सन्तती दुसाध (पासवान) समाजले आफना पुर्वज इष्टदेवताका ऐतिहासिक धरोहर सलहेश फुलवारीको संरक्षण र सम्र्वधन गर्न पहलकदमी लिन जरुरी भएकोछ ।
विगत बि।स।१९९० सम्म सलहेश फुलवारीको प्रमुख संरक्षणकर्ता तथा पुजारी दुसाध समाजका महामाइजन सितापुर गाउँका जलेश्वर दुसाध रहेको थियो ।
अन्य समाजका दुसाध विरोधी तत्वहरुले अछुत दलित भएका हातबाट टीकाप्रसाद ग्रहण गर्नु हुदैन भनेर विभिन्न जालसाजी गरेर मुद्दामामिला गरेर राज्यसत्ताका आडमा त्तकालिन ब्राहमणवादी न्यायधिशले पनि अन्य समाजका त्यही मनुवादी प्रबृति र सोचलाई कानुनी जामा पहिराई दनुवार जातीलाई संरक्षण र पुजारी तोकिएको छ ।
अब त्यो समय र आजको समय फरक छ, छुवाछुत र विभेदजन्य क्रियाकलाप कानुनी अपराध तथा दण्डनिय भएकोछ । दलितको मान सम्मान र पहिचानको प्रत्याभूति गर्दै संविधान बमोजिम कानुन बनेकोछ । शासन सत्ताले विगतमा हामीसँग गरेको र्दुव्यवहारका लागि माफी मागदैछ ।
त्यसकारण दुसाध समाजका अग्रज, अगुवा, माइजन, बुद्धिजीविहरु एकजुट भएर आफना वंश सलहेश महाराजका नाममा प्रसिद्ध सलहेश फुलवारी संरक्षण गर्न अति आवश्यक भएकोछ । फुलवारीको आजको संरक्षण भोलि आउने सन्तानलाई सलहेशका महत्व र पुर्खा प्रति गौरव गर्ने अवस्था सिर्जना हुनेछ ।
वाँकी अर्को अंशमा

लेखक
चन्देश्वर पासमान
इतिहास जानकार
कर्जनहा न.पा. ८, गौतारी
मधेश प्रदेश

 

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours