आन्तरिक राजस्व कार्यालय लहानका अधिकृत युवराज पाल घुससहित पक्राउ

Spread the love

आन्तरिक राजस्व कार्यालय लहानका अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ
लहान, सिरहा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस सहित आयोगको टोलीले रंगेहात पक्राउ परेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रा।लि। को आर्थिक वर्ष २०७८र७९ को पूर्ण कर परीक्षण ९ँगिि त्बह ब्गमष्त० सम्बन्धी फाइल अगाडि बढाइदिन पालले ५ लाख रुपैयाँ अग्रिम घुस मागेको आरोप छ। उनले आफूभन्दा माथिल्लो तहका अधिकारीहरूलाई समेत मिलाउनुपर्ने भन्दै उक्त रकम मागेको र रकम नदिएसम्म फाइल अगाडि नबढाउने बताएका थिए।
आरोप अनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म कार्यालयमा कुराएर पनि रकम नबुझेपछि साँझ करिब ७ बजे आफू गोलबजारमा रहेको जानकारी गराउँदै भोलिपल्ट बिहान ९–१० बजे भेट्ने बताएका थिए। त्यसक्रममा उनले एक बिचौलियाको सम्पर्क नम्बर दिएका थिए। बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्नो भाइमार्फत रकम बुझाउन भने पनि पछि अधिकृत पालले रकम कार्यालयमै ल्याउन निर्देशन दिएका थिए।
बिहीबार कार्यालयमा ५ लाख रुपैयाँ बुझाउने क्रममा अख्तियारको टोलीले अधिकृत पाललाई रंगेहात पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्बाङ ले घटनाबारे पुष्टि गर्दै अधिकृत पालमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours