अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा

Spread the love

जनकपुरधाम पहिचानवादी तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूले हालै गठन गरेको नयाँ राजनीतिक मोर्चा अग्रगामी मोर्चा’ ले आफ्नो पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार कार्यक्रम भदौ २७ गते शनिवार मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुनेछ। कार्यक्रममा मोर्चामा आबद्ध राजनीतिक शक्ति तथा नेता–कार्यकर्ताहरूको सहभागिता रहने साथै पहिचानको पक्षमा वकालत गर्ने सम्पुर्ण व्यक्तिहरुलाई सहभागिहुन समेत आव्हान गरेको बताइएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि विभिन्न पहिचानवादी तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता महसुस गर्दै केही दिनअघि अग्रगामी मोर्चा’ गठन गरिएको हो।

मोर्चाले पहिचान, संघीयता, सामाजिक न्याय, समानुपातिक समावेशिता तथा अधिकारका बाँकी सवाललाई राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने बताउँदै आएको छ। मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममार्फत मोर्चाको उद्देश्य, नीति, कार्यक्रम तथा आगामी राजनीतिक रणनीतिबारे नेता–कार्यकर्तालाई जानकारी गराउने तयारी गरिएको आयोजकले जनाएको छ।

अभिमुखीकरण कार्यक्रमलाई मोर्चाको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिका लागि महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। कार्यक्रममार्फत मधेशमा पहिचानवादी तथा परिवर्तनकारी शक्तिहरूबीच थप सहकार्य र समन्वय निर्माण गर्ने उद्देश्यसमेत रहेको आयोजकको भनाइ छ।

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours