वरियारपट्टिमा करार कर्मचारकिो शान्तिपुर्ण धर्ना

Spread the love

प्रेमशिला यादव
संवाददाता

सिरहा जिल्ला वरियार पट्टि गाउँ पालीकामा कार्यरत करार कर्मचारीहरु गाउँपालीका को निर्णय विरुद्ध शान्तिपुर्ण धर्ना मा वसेका छन् ।
वरियार पट्टिगाउँ पालीकाको प्राङ्गनमा करार कर्मचारी हकहित संघर्ष समिति वपिरयारपट्टि गापाले श्रावण ५ गते देखि लगातार विना कुनै निर्णय करार कर्मचारीहरुलाई काममा नलगाएको र करार म्याद नथपेको भन्दै पुनः काममा फर्काउको लागी दवाव स्वरुप धर्ना कार्यक्रम संचालन गरेको धर्नामा सहभागि कर्मचारी राम प्रकाश मण्डल ले वताउनु भयो । त्यसैगरी अर्को कर्मचारी कृष्ण कुमार यादवका अनुसार हामी लाई विना सुचना हटाएर हामी माथी अन्याय भएको र हामीहरुको वारेमा अहिले सम्मकुनै पनि किसिमको सोध पुछ गर्न पालीका वाट कोही पनि नआएको भन्दै दुःख पोखेका थिए ।
अहिले देशभरीनै करार कर्मचारीहरुलाई हटाएर पुनः भर्ना गर्ने अभियान चलेकै वेला संघिय मंत्रालय ले समेत करार कर्मचारीलाई फर्काउन र सर्वोच्च अदालत ले समेत काममा खटाउन आदेश गरे पनि पालीकाहरु ले आनाकानी गरी गैर जिम्मेवारी देखाएको छ ।
यस सम्वन्धमा गाउँपालीका अध्यक्ष संग सम्पर्क गर्न खोज्दा वहाँ संग सम्पर्क हुन सकेन । अन्य कर्मैचारीहरुले हामी लाई यस सम्वन्धमा कुनै जानकारि नभएको वताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours