फरिच्छ नेपाल
प्रेमशिला यादव, सिरहा
वन कार्यालय सिरहाले अवैध रुपमा कटान गरिएको खयरको काठ बरामद गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिका–९ कमलदहमा रहेको समुदायक घुर्मी डाँडा वनको नर्सरीवाट अवैध रुपमा खयर र सिसौ जातका रूख कटान गरिएको थियो ।
स्थानीय वन कार्यालयको कर्मचारीकै मिलोमतोमा गत बिहीबार राती कटान गरिएको खयरको काठ स्थानीयले खोजतलाश गर्ने क्रममा मिर्चैया नगरपालिका–९ घुर्मी पुलको छेउमा रहेको मदन ठाकुरको लक्ष्मी नारायण स–मिलबाट ६७ थान खयरको काठ बरामद गरेको हो ।
स्थानीयको सहयोगमा डिभिजन वन कार्यालय लहानले अवैध कटान गरि स–मिलमा राखिएको खयरको काठ र स–मिल संचालक मदन ठाकुरलाई नियन्त्रणमा लिएको छ । खयर जातको काठ अवैध रुपमा कटान गरि स–मिल सम्म पुर्याउँदा पनि नजिकै रहेको सब–डिभिजन वन कार्यालय चोहर्वा र सब–डिभजन वन कार्यालय मिर्चैयाले नियन्त्रणमा लिन सकेका थिएनन् ।
सब–डिभिजन वन कार्यालय चोहर्वाका सहायक वन अधिकृत भोला रायले बरामद गरिएको काठ नियन्त्रणमा लिएको र स–मिल संचालकमाथि अनुसन्धान सुरु भएको बताए । काठ तस्कर अभैm फेला नपरको खोजतालाश जारिरहेको वताए ।
+ There are no comments
Add yours