माँ काली कृषि सहकारीको तेस्रो साधारणसभा सम्पन्न

Spread the love

प्रेमशिला यादव
फरिच्छ नेपाल संवाददाता
सिरहा, १२ भदौ
माँ काली महिला साना किसान कृषि सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सिरहाको ब्र. झ. ज. मा.वी. माडरको प्राङ्गणमा एक बृहत कार्यक्रमको आयोजना गरी तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ्। संस्थाको अध्यक्ष सीता देवी यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहा नगरपालिकाका मेयर डा. नबिन कुमार यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। मेयर यादवले ब्यानर पढेर कार्यक्रमको उदघाटन गरेको थियो। बिशिस्ट अतिथिमा सहकारीको प्रबन्धक राज कुमार यादव रहनु भएको थियो।अतिथिहरुमा क्याम्पसका प्राधपक अशोक कुमार यादव वाडा अध्यक्ष रामसोभिता यादव ,शिवशंकर झा लगायत अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । ग्रामिण भेगका किसानहरुलाई छोटो समयमा उकास्न किसानहरुको समस्या सामाधानको लागि उक्त संस्थाको स्थापना भएको हो। छोटो समयको अबधिमा संस्थाले निकै लोकप्रिय हुँदै जनताको हितको लागी काम गर्दै अगाडि बढी रहेको आयोजकले बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours