टिकटक वन्दगर्न सिरहामा ज्ञापनपत्र

Spread the love

प्रेमशिला यादव
फरिच्छ नेपाल
सिरहा ।
नेपालमा फैलिएको टिकटकका देखिएको विकृति न्यूनिकरण गर्नको लागि नेपालमा टिकटक बैन गर्न सिरहामा पनि ज्ञापन पत्र बुझाईएको छ ।
मधेस प्रदेशको महोत्तरी, धनुषा , रौतहट लगायत विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत टिकटक बैन संघर्ष समिति द्धारा ज्ञापनपत्र वुझउने क्रममा सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई ज्ञापन पत्र बुझाइएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता (डिएसपी) सुभाष बुढाथोकी लाई टिकटक बैन सँघर्ष समिति सिरहाले ज्ञापन पत्र बुझाइएको हो । उनीहरुले सहायक सिडियो र डिएसपीलाई टिकटक एप बैन गर्न ध्यानाकर्षण गराएको छ । टिकटक प्लेटफर्म सामाजिक संजालमध्येमा पर्छ यसलााई नेपालमा प्रयोगकर्ताहरुले आवश्यक भन्दा अनावश्यक रुपमा प्रयोगरि सामाजिक सदभाव विगार्ने कार्यगर्न थालेको अश्लिलता बाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै टिकटोक बन्द गर्न सरकारलाई ज्ञापनपत्र वुझाएको संघर्ष समिति सिरहाका जिल्ला संयोजक राजेश यादवले बताए ।
भारतमा समेत टिकटोकले गर्दा शैक्षिक स्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बैन गरिदिएको औल्याउँदै अभियन्ता पंकज शर्माले बताए ।
जापान जस्तो प्रविधि प्रधान देशमा टिकटोक बैन गरिएको छ । नेपाल जस्तो अल्प विकसित मुलुकमा यसले भोलीकादिनहरुमा भयानकरुप लिई सम्हाल्न नसक्ने अवस्था समेत सृजना हुनसक्ने आकलन समाजिक अभियन्ताहरुको समेत रहेकोले टिकटकमा यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढन थालेपछि टिकटक बन्द सँघर्ष समितिले ज्ञापन पत्र बुझाउन थालेको छ । केही दिन अगाडी महोत्तरीमा जिल्ला प्रशासन कार्यालय मार्फत टिकटोक बैनको लागि ज्ञापन पत्र बुझाएपछि जलेश्वरकी दुई दिदीबहिनीको टिकटोक आईडी बैन भएको छ । उक्त अभियानमा युवाहरुको सहभागीता दिन प्रति दिन बढिरहेको देखिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours