फरिच्छ सम्वाददाता
सिरहा
जनता समाजवादी पार्टि नेपाल मिर्चैया नगरकमिटि द्धारा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना प्रमुख अतिथि डा. महतोले आफ्नो मनतव्य राख्ने क्रममा यस क्षेत्र नं.४ को हितको लागी भएतापनि बाध्य भई आफुले दुई पटक बलिदानी गरिसकेको बताए । पहिलो पटक २०७० को संविधान सभा निर्वाचनमा पहिलो पटक प्रचण्डलाई र दोस्रो पटक २०७४को प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका नाममा राजपालाई सिट छोड्नु परेको दुस्ख व्यक्त गर्दै यसपाली कुनै पनि हालतमा आफू पछि नहट्ने र पार्टिले पनि मलाईनै उम्मेदवार वनाउनेमा कुनै दुविधा नरहेको वताउँदै सम्पुर्ण अगसवा कार्यकर्ताहरुलाई पुर्ण प्रतिवद्धता जाहेर गर्नुभएको थियो । तथापि हरेक कार्यकर्ताले आफुलाई विरेन्द्र महतो ठानी चुनावमा होमिन आग्रह गर्नुभयो । यस क्षेत्रको विकास र समृद्धिका लागि हातेमालो गर्दै अगाडि वढन सम्पुर्ण जनतालाई समेत आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा वक्ताहरुले आगामि मंसिर ४ गते हुने निर्वाचनमा यस सिरहा क्षेत्र नं. ४का उम्मेद्वार डा.महतो लाई शुभकामना दिए ।
जसपा नेपाल नगर कमिटि मिर्चैया, सिरहाद्वारा आायोजित अगुवा कार्यकर्ता भेंटघाँट कार्यक्रममा कार्यक्रमका अध्यक्षद्वय जिमि कुमार यादव र धिरेन्द्र कुमार साह, राजनीतिक समिति सदस्यद्वय राम कुमार मंडल र चन्देश्वर पासवान, केन्द्रिय सदस्य उदय नारायण यादव, प्रदेश सदस्य तथा जिल्ला सहइन्चार्ज विष्णु साह प्रदेश सदस्य घनश्याम श्रेष्ठ, केन्द्रिय परिषद सदस्य नारायण गजुरेल, प्रेस मंचका केन्द्रिय सदस्य अभरेन्द्र कुमार यादव, जिल्ला कार्कारिणी सदस्य प्रभात सिंह (पिन्टु बाबा) लगायत जिल्ला कमिटि सदस्यहरु, नगर कमिटिका पदाधिकारि तथा सदस्यहरु वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु, समाजवादि महिला संघकाका सदस्हरु, समाजवादि आ।जनजाति महासंघका पदाधिकारीहरु, खेलकूद महासंघका पदाधिकारीहरु, निर्वाचित वडाध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
+ There are no comments
Add yours