वजार व्यवस्थापन नहुँदा राजमार्गमै स्थानीय हाट वजार

Spread the love

प्रेमशिला यादव,
सिरहा उचित बजार व्यवस्थापन नहुँदा सिरहाका किसानहरू सडक पेटिमै कृषि उत्पादन बेच्न बाध्य भएका छन ।
सिरहा जिल्लाको गोलबजार नगरपालिकामा बजारको उचित व्यवस्थापन नहुँदा फलफूल तथा तरकारी खेती गर्ने किसानहरू मर्कामा परेका छन् ।
नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ समक्ष पटक पटक गुनासो गर्दा पनि कुनै सुनवाई नभएको गोलबजार नगरपालिकाका वाड नं १३ का किसान देबिन्द्र महतोले असन्तुष्टि पोख्नुभयो । उचित बजार कै अभावमा सयौ किसानहरू फलफूल र तरकारीहरु बिच बाटो मै सडक पेटिमा बेच्न बाध्य भएका छन् । नगरपालिकाले तत्काल बजारका व्यवस्थापनका लागि पहल गर्नुपर्ने उनले माग गरे । त्यसै गरी गोलबजार नगरपालिका वाड नं ५ धनराज महतोले बजारको उचित व्यवस्थापन नभएकोले एकातिर किसानलाई बिक्रि बितरणमा समस्या भएको छ भने अर्को तर्फ दलालहरुले उचित ुमल्य पनि किसान समक्ष पुग्न नदिनु र सडक पेटी मै बजार लाग्दा ट्राफिक प्रहरी व्यवस्थापन समेत समस्या भएको उनको गुनासो छ ।
स्थानीय सरकारले स्थानीय स्तरमा उत्पादन हुने कूषि जन्य वस्तु विक्रि वितरणका लागि बजार व्यवस्थापन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै पनि स्थानीय सरकारले व्यवस्थापन नहुँदा किसानहरू बाध्य भई राजमार्ग र राजमार्ग छेउछाउमै आफ्नो उत्पादन अव्यवस्थित तरीकाले व्यवसाय गर्नु पर्ने वाध्यता रहेको गुनासो छ ।
गोलबजार उद्योगग बाणिज्य संघका अध्यक्ष को अनुसार मेयर, प्रहरी, स्थानीय सहयोगी लगायत अनुगमन गरेर ढाँचा तयार गर्न लागेका छौं ।

 

You May Also Like

More From Author

+ There are no comments

Add yours