बर्दिवासमा चुरे संरक्षणका चुनौती र सम्भावनाका विषयमा अन्तरकृया भ्रमण कार्यक्रम सम्पन्न

Spread the love

अभरेन्द्र कुमार यादव
बर्दिवास,
चुरे संरक्षणका चुनौती र सम्भावना विषयमा सामुदायिक बहस, अन्तरकृया, भ्रमण गरिएको थियो । महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा चुरे संरक्षणका चुनौती र सम्भावना विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो भने चुरे छेत्रका माथिल्लो तथा तल्लो भेगका बासिन्दा र अबलम्बन गरिएका सरक्षणका प्रयासहरुको अवलोकन गर्न भ्रमण भएको थियो ।
चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज जनकपुरधामको आयोजना, वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशको आर्थिक सहयोग र चुरे उत्थानशील आयोजना कार्यान्वयन इकाई बर्दिवास तथा आसमान नेपालको सहयोगमा भएको सो कार्यक्रममा चुरे संरक्षणमा देखिएको विभिन्न चुनौती, सम्भावना र उपायबारे विज्ञहरुबिच बहस र छलफल गरिएको छ ।
समाजका अध्यक्ष डा. अनिलकुमार कर्णको अध्यक्षता तथा प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार समाजका उपाध्यक्ष अभरेन्द्र कुमार यादवले सम्पुर्ण अतिथी र सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रमको शुरुवात गरेको थियो ।

कार्यक्रममा चुरेविज्ञ डा. विजय कुमार सिंह, मधेश प्रदेश वन मन्त्रालयका राजिव झा, पत्रकार अजित तिवारी लगायतले कार्यपत्र प्रस्तुतगर्नुभएको थियो । त्यसै गरी जिल्ला वन कार्यालय धनुषाका डिएफओ बेचन चौधरी, सिरहाका सुजित झा, भु संरक्षण अधिकृत बेचन कुमार महतो, फेकोफन मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्मा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प लगायतले सहभागिता जनाउँदै विचार राख्नुभयो ।
कार्यक्रममा आयोजक चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज जनकपुरधामका अध्यक्ष अनिलकुमार कर्णले चुरे संरक्षणमा संचालन गरिएको चुरे चौबटिया सम्वाद तथा पद यात्राको विषयमा जानकारी गराउनुभयो । समाजले चुरे बचाऔं, तराई मधेशको अन्न र पानी जोगाऔ नाराका साथ पहिलो चरणमा पुर्वको कोशी देखि महोत्तरीको बर्दिवाससम्म पैदल यात्रा तथा समुदायसँग चौबटिया सम्वाद गरेको जनाएको छ ।
बर्दिवास नगरपालिका अन्तर्गत रहेको चुरेक्षेत्रमा कालापानी तथा राजाबासमा क्षेत्रमा गरिएको कार्यहरु अप स्ट्रिम र डाउन स्ट्रिमको
स्थलगत अवलोकन तथा भ्रमण सरोकार वालाहरुलाई जानकारी गराउँदै वन तथा वातावरण मन्त्रालय मधेस प्रदेश अधिकृत बेचन कुमार महतोले चुरे सम्बन्धि विभिन्न जानकारीहरु गराएर थिए ।
कार्यक्रम वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोग तथा चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज जनकपुरधामको आयोजनामा १५० जनाभन्दा बढी विभिन्न निकाय र सरोकारवालाहरु सहभागिमा अन्तरक्रृया कार्यक्रम सम्पन्न भएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours