अब बेरुजु शून्य बनाइनेः मुख्यमन्त्री यादव

Spread the love

जनकपुरधाम,

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता महगो भयो भन्ने कुरा गलत हो भन्नुभयो । जति अनियमितता छ, त्योभन्दा बढी बदनाम गर्ने प्रयास गरिएको छ । आगामी लेखा परीक्षणमा बेरुजु शून्य बनाउने आफूहरुको सोच भएको उहाँले बताउनुभयो । लेखा परीक्षण, बेरुजु फछर्यौट तथा सम्परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा आज मुख्यमंत्री यादबले मधेश प्रदेश संघीयताको जननी भएको बताउंदै जनतालाई अनुभूति गराउने किसिमले कार्य गर्न आफूहरु अघि बढिरहेको उल्लेख गर्नुभयो । कावा महालेखा परीक्षक महेश्वर काफ्लेले सातै प्रदेश र देशको बेरुजुको तथ्य पेश गर्दै समग्र देशको वित्तीय अवस्थाबारे प्रकाश पार्नुभयो । शासकीय प्रवंध राम्रो छैन् । तीन तहको सरकारबीच समन्वय छैन् । अर्थतंत्रको सूचकांक राम्रो छैन् । उत्पादन धान्न लायक छैन् । सार्वजनिक प्रशासनमा सुशासन छैन् । भएकै संसाधनको राम्रो सदुपयोग हुनसकेको छैन्, उहांले भन्नुभयो । उहांले २०७८÷७९ मा सात प्रदेशका १२१८ कार्यालयमा लेखा परीक्षण भएकोमा सात अर्ब ५० लाख बेरुजु भएको बताउनुभयो । उहांले ३५ प्रतिशत कम्प्रोमाइज गर्न नमिल्ने बेरुजु भएको उल्लेख गर्नुहुंदै मधेश प्रदेशलाई वित्तीय अनुशासनयुक्त प्रदेश बनाए फलदायी हुने धारणापनि व्यक्त गर्नुभयो । उप महालेखा परीक्षक बिन्दु बिष्टले बेरुजु घटेको प्रसंग उल्लेख गर्नुहुंदै बेरुजुमात्रमा केन्द्रित नभई भएको राम्रो बिषयलाई पनि “प्रमोट“ गरिनुपर्दछ भनी भन्नुभयो । उहांले लेखा समितिलाई सक्रिय हुन सुझावसमेत दिनुभयो । मधेश प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले लेखा उत्तरदायी अधिकृतहरुले खर्च निगरानी र वित्तीय अनुशासन पालन गर्न ध्यान दिनुपर्ने बताउनुभयो । सो अवसरमा मुख्यमंत्री कार्यालयको तर्फबाट सचिव रामकृष्ण पुडासैनीले मधेश प्रदेशबारे प्रस्तुति दिनुभएको थियो भने प्रदेश लेखा नियंत्रक वीरेन्द्रकुमार मिश्रले प्रदेशको वित्तीय क्रियाकलापबारे प्रतिवेदन महालेखा परीक्षक काफ्लेलाई हस्तांतरण गर्नुभयो ।

 

 

You May Also Like

More From Author

+ There are no comments

Add yours