सिरहा
मिर्चैया नगरपालीका मोहन माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको श्री १००८ ब्रह्मचारी दामोदरानन्दको शालीकमा स्कुल परिवार र व्रह्मचारी दामोदरानन्द प्रतिष्ठानको संयुक्त आयोजनामा प्रमुख अतिथी मिर्चैया नगरपालीका नगर प्रमुख श्रवण कुमार यादवले फुलमाला लगाइ १५१ औं जन्म जयन्ती मनाउँदै कार्यक्रमको उदघाटन गर्नुभयो लगायत समपुर्ण विशिष्ट अतिथी स्कुल प्रअ अशोक यादव, मोहन पोख्रेल लगायत अतिथीहरुले वावाको शालिकमा फुलमाला चढाए ।
कार्यक्रम माघे संक्रान्तीकै दिन श्री १००८ ब्रहम्चारी बाबा दामोदरानन्द को जन्मदिन भएको यसै अवसरपारि विभिन्न प्रतिष्ठानहरुले एस इ इ, कक्षा ११ र १२ का विद्यार्थिहरुलाई छात्रवृति रकम नगरप्रमुख र प्रतिष्ठानको पदाधिकारीहरु संयुक्तरुपमा वितरण गर्नुका साथै व्रह्मचारी वावाको प्रतिष्ठानमा विभिन्न सहयोगहरु गरेवापत कदर तथा प्रमाण्पत्र्र प्रदान गरियो र प्रमुख अतिथी यादववाट मोहन माविको प्रङ्गणमा झण्डोतोलनको कार्यक्रम समेत गरियो ।
प्रमुख अतिथी यादवले वावाको नामवाट अझै महत्वपुर्ण कार्र्यहरु गर्नुपर्ने र मेरो पुर्ण सहयोग रहने वाचा गर्दै शिक्षकहरुलाई आ आफ्नो भुमिका इमान्दारी साथ निभाउन निर्दैशनात्मक अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रमहरुमा वक्तहरुले वावाको योगदानको चर्चा गर्दै मिर्चैयामा वावाको योगदानको कदरको समेत चर्चा गरिसाथै कार्यक्रमका अध्यक्ष फुल्गेन महासेठले कार्यक्रम र प्रतिष्ठानको साधारण सभाको वारेमा चर्चा गर्दै कार्यक्रमा आउने सम्पुर्णलाई धन्यवाद दिइ समापन गर्नु भयो ।

+ There are no comments
Add yours