साइकल कान्डमा सचिव भुसाल र सिडिई झा दोषी ठहर

Spread the love

फरिच्छ नेपाल
जनकपुर
मधेस प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमका लागि खरिद भएको साइकल किनबेचमा भ्रष्टाचार भएको भन्दै त्यसका लागि तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ ।
विगत केहि समयदेखी विभिन्न राजनितिक दलहरुले साइकल चोर भनी मधेश प्रदेश तत्कालिन मुख्य मन्त्रि लालवावु राउत सरकारलाई लक्षीत गरी राजनितिक दोष लगाउँदै आएको थियो । विशेष अदालतको फैसलाले भ्रष्टाचार कहाँभएको र कस्ले गरेका समेत प्रष्ट पारेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको इजलासले बिहीबार तत्कालीन प्रदेश सचिव भुसाल र सिडिई झालाई दोषी ठहर गरेको हो । साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको निष्कर्षका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले भुसाल र झालाई समान भ्रष्टाचार निवारण एनको दफा ८ ९१० ९ञ० बमोजिमको कसूरमा ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
सो मुद्दाका अन्य आरोपितहरू सहलेखापाल राजाराम मण्डल, भण्डार र जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, ओमसत्य साई प्रालि वीरगन्ज, पर्सा र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालले सफाइ पाएका छन् ।
साइकल खरिदमा सम्झौताविपरीतका कम्पनि नखुलेका कमसल महिला साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ नोक्सान पु¥याएको भन्दै अख्तियारले उनीहरूविरुद्ध गत साउन १८ मा मुद्दा दर्ता गरेको थियो ।

 

You May Also Like

More From Author

+ There are no comments

Add yours