सिरहा
कल्याणपुर नपा ५ निर्दाना श्री कमलामाई वन उपभोक्ता समिती ले आयोजना गरेको , जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र प्राली कोटेश्वर को सहकार्य र नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री डा.वीरेन्द्र प्रसाद महतो ज्यूको प्रमुख आतिथ्यमा कल्याणपुर नपा ५ नीर्दाना स्थित उपभोक्ता समितिको खालीजग्गामा जडीबुटी खेती शुभारंभ तथा उद्योग स्थापना को लागि शिलान्यास गरिएको छ ।
उक्त कार्यक्रमको विशिष्ट अतिथिको मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्री मा.रमेश प्रसाद कुर्मी ज्यू,संघीय वन तथा वातावरण मन्त्रालयको सचिव ज्यू,नि.प्रमुख जिल्ला अधिकारी नरेश यादव ज्यू,प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बू ज्यू, जडीबुटी कंपनि लिमिटेडका महाप्रबन्धक संगीता यादव लगायत मन्त्रालय, विभिन्न कार्यालयको प्रमुख, सिरहा जिल्ला वनअधिकृत सुजित झा कल्युणपुर नगर प्रमुख रामपुकार साह लगायत प्रतिनिधि ज्यूहरुको विशेष उपस्थिति थियो।
कार्यक्रमका प्रमुखअतिथी महतोले जडीवुटि उत्पादन पश्चात उद्योगसमेत स्थापना हुने भएकोले यस भेगका युवा महिलहरु प्रत्यक्ष रोजगारीमा सहभागीहुनेर कृषकहरुआर्थिक रुपमा लाभान्वित हुने भएकोलेआयोजनालाई सवै समुदायका व्यीक्तहरु मिलेर सफलतापुर्वक अगाडी वढन अनुरोध समेतगर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी मधेश प्रदेश वनमन्त्रि कुर्मिले कमलाको वगरमा लाखौा या हेक्टर जग्गारहेकोले देश र प्रदेशलाई आर्थिक उन्नतीगराउने यसकिसिमका योजनाहरु ऋझै ल्याउनुपर्नेमा जोडदीनु भयो ।
जडीबुटी कंपनि लिमिटेडका महाप्रबन्धक संगीता यादवले वनमन्त्रीको विशेष पहलमा हामी आज योअवस्थामाआयौ र यो कंपनि र जनताकोसहकार्यवाट उद्योग संचालनहुनेहो र यसवाट आय स्तरमा वृद्धिहुने हुनेछ ।
एकै दिन संघिय वन तथा वातावरण मन्त्री विभिन्न कार्यक्रमहरुमा सहभागी
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो कर्जन्हा नगरपालिकाको वडा नम्बर ८ मा रहेको डिम्मा खोला नदी नियन्त्रण तटबन्ध र गौतारीमा रहेको श्री जनता माध्यामिक विद्यालय परिसरभित्र सरस्वती मन्दिरको लागि भवन शिलान्यास गरेका छन् ।
कर्जन्हा नगरपालिकाकी उपमेयर लक्ष्मी श्रेष्ठ यादव, कर्जन्हा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष किस्मत राई र मन्त्री महतोका प्रमुख स्वकिय सचिव चन्देश्वर पासवानको उपस्थितिमा मन्त्री महतोले तटबन्ध र मन्दिरको लागि भवन शिलान्यास गरेका हुन् ।
वडाअध्यक्ष शम्भु कुमार ब्यार सुडीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै मन्त्री महतोले आफूसँग विकास र समृद्धिबाहेक अर्को एजेण्डा नरहेको बताए ।
उनले आफू आफ्नो निर्वाचन क्षेत्रका सबै जनताप्रति ऋणी रहेको भन्दै विस्तारै समृद्धिको बहार ल्याएर सो क्षेत्र र जनताको ऋण तिर्नेपनि प्रण गरे । उनले आफू अहिले मन्त्रीको जिम्मेवारीमा भएकोले मात्रै विकास र समृद्धिको कुरा नगरेको भन्दै भोलि मन्त्री नहुँदापनि आफ्नो क्षेत्रको लागि विकासको लागि चालिएका पाईला नरोकिने विश्वास दिलाए ।
कार्यक्रम वडा अध्यक्ष व्यारले संघिय वन तथा वातावरण मन्त्री डा विरेन्द्र प्रसाद हमतोलाई सम्मान पत्र वुझाइ सम्मान गरे ।
+ There are no comments
Add yours