जसपा नेपालले टुङ्गयायो केन्द्रिय समति

Spread the love

काठमाण्डौ
फरिच्छ नेपाल
जनता समाजवादी पार्टि नेपालले केन्द्रिय समितिको नामावली टुङ्गयाएर प्रकाशन गरेको छ । जेष्ठ २८ देखि ३० जनकपुरमा सम्पन्न केन्द्रिय एकताको राष्टिय« महाधिवेशनले अध्यक्षमा एकल उम्मेदवार उपेन्द्र यादवलाई राष्ट्रि अध्यक्षमा निर्वाचित गर्दै वाँकी पदको लागी अध्यक्षलाई अधिकार दिदै महाधिवेशन भव्यर सभ्यरुपमा सम्पन्न भएको थियो ।
जनता समाजवादी पार्टि नेपालको जेष्ठ २८, २९ र ३० गते जनकपुरमा सम्पन्न केन्द्रिय एकताको राष्ट्रिय महाधिवेशनमा विभिन्न पदमा उम्ेदवारि दिदै निकै प्रतिस्पर्धा रहेको थियो । उक्त निर्वाचन प्रक्रियामा दुई सय एक पदका लागि तीन सय भन्दा बढीको उम्मेदवारी परेको थियो। मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुने भएकाले पार्टीलाई समावेशी बनाउनका लागि वन्द सत्रको सभाहलवाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई केन्द्रिय समिति चयकोलागी सम्पुर्ण अधिकार प्रदान गरिएको थियो ।
जनता समाजवादी पार्टि नेपालको जेष्ठ २८, २९ र ३० गते जनकपुरमा सम्पन्न केन्द्रिय एकताको राष्ट्रिय महाधिवेशनवाट निर्वाचित राष्ट्रिय अध्यक्षलाई केन्द्रिय समिति÷पदाधिकारि÷कार्यकारिणी÷सदस्य तथा केन्द्रिय निकायका पदाधिकारी र सदस्यहरु समेत मनोनयनगरी घोषणा गर्ने अधिकार महाधिवेशनले दिए अनुसार र पार्टिको विधान २०८० को धारा ८७ (१) मा उल्लेखित व्यहोरा अनुसार समेत निर्णय गरी २१५ जना जनता समाजवादी पार्टि नेपालको केन्द्रिय समिति चयन भएको केन्द्रिय सदस्य अर्जुन थापाले वताउनु भयो ।
प्रकाशित २१५ जना केन्द्रिय समितिको नामावली हेर्न क्लिीक गर्नुहोस

Jasapa nepal C Member

 

You May Also Like

More From Author

+ There are no comments

Add yours