जसपा निकट युवा संघ प्रदेश सरकार विरुद्ध सडकमा

Spread the love

जनकपुरधाम,

मधेस प्रदेशमा जम्बो मन्त्रीपरिषद गठन गरिएको बिरोधमा जनता समाजवादी पार्टी नेपाल समाजवादी युवा संघका नेता कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेको छ ।
मुलुकमाथी आर्थिक संकट रहेको समयमा राज्यकोषको दोहन गरिएको हिसाबले मधेसमा कुर्सी बचाउनकै लागि जम्बो मन्त्रीपरिषद गठन गरिएको भन्दै समाजवादी युवा संघले बिरोध प्रदर्शन गरेको हो ।
समाजवादी युवा संघका मधेस प्रदेश उपाध्यक्ष कमलेश यादवको अगुवाई जनकपुरधामस्थित रामानन्द चोकमा गरिएको बिरोध प्रदर्शनमा कुर्सी आतंक बन्द गर, राज्यकोष दोहन गर्न बन्द गर लगायतका नारा समेत लगाएका थिए ।
समाजवादी युवा संघ मधेस प्रदेशका उपाध्यक्ष यादवले संघियतामाथी नै प्रहार हुने गरी कुर्सी टिकाउनकै लागि जम्बो मन्त्रीपरिषद बनाउनु मधेशवासीलाई सह्य नहुने बताए ।
उनले जनमत पार्टिको चुनावअघि ठूल ठूला भाषणलाई विश्वास गरेर मधेसका जनताले अवसर दिएपनि अहिले आएर एमाले कांग्रेसको कठपुतली भएर काम गरिरहेको आरोप लगाए । उनले कानूनी रुपमा कुल प्रदेशसभा सदस्य संख्याको २० प्रतिशतको संख्यामा मन्त्री बनाउन सक्ने प्रावधान रहेपनि मधेस जस्तो कमजोर आर्थिक स्थिति रहेको प्रदेशमा जम्बो मन्त्री परिषद गठन गर्नु गलत रहेको बताए ।
यता समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपेन्द्र कापरले मन्त्रीपरिषदलाई सानो आकारको बनाउन आग्रह गरे । हाम्रो आग्रह स्वीकार नगरिए शान्तिपूर्ण प्रदर्शनलाई चरणबद्ध रुपमा जारी राख्ने समेत चेतावनी दिए ।

 

You May Also Like

More From Author

+ There are no comments

Add yours