जनता समाजवादी पार्टि नेपालको केन्द्रिय समिति वैठक शुरु

Spread the love

फरिच्छ नेपाल
काठमाण्डौ

साउन २७ गते जनता समाजवादी पार्टि नेपालको प्रथम राष्ट्रिय एकताको महाधिवेशन पश्चात प्रथम केन्द्रिय समितिको वैठक काठमाण्डौमा जारी रहेको छ ।
उक्त वैठकमा जनता समाजवादी पार्टि नेपालका अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे समसामयिक राजनितिक प्रस्ताव पेशगर्नु भएको छ ।
अध्यक्ष यादवको प्रस्तावमा शिक्षा, स्वास्थ्य, संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक सम्बन्धी, निर्वाचन क्षेत्र निर्धारणलगायत ६१ वुंदे प्रस्ताव रहेको छ ।
जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशन पछि बसिरहेको पहिलो केन्द्रीय समिति बैठक बिना मञ्चासन नौलो तरिकाबाट शुभारम्भ गरिएको केन्द्रिय सदस्य चन्देश्वर पासमानले जानकारि दिनु भयो ।

नवगठित केन्द्रीय समितिको पहिलो बैठक साउन २७ गते आइतबारदेखि ललितपुरमा सुरु भएको हो । बैठक साउन ३० गतेसम्म चल्ने केन्द्रिय सदस्य अर्जुृन थापाले वताउनु भयो ।

 

You May Also Like

More From Author

+ There are no comments

Add yours