फरिच्छ नेपाल
संघीयताको मर्म अनुरुप शिक्षा संघीय सरकारले शिक्षा ऐन बनाउन नसक्दा समग्र शैक्षिक गतिविधि अराजकता तर्फ उन्मुख हुन लागेको छ । संघीयता कार्यान्वयन संगै निर्माण शिक्षा ऐन हाल सम्म पनि बन्न सकेको छैन ।
संघीय सरकारले संघीयताको मर्म अनुरुप शिक्ष ऐन ल्याउन २०८० भदौ २७मा शिक्षा विधेयक संघीय संसदमा दर्ता गराएका छन । विधेयक दर्ताको एक वर्ष भन्दा बढी समय हुँदा समेत शिक्षा विधेयकमा गर्न खोजिएको झेल र सरोकारबलाहरुको अनावश्यक दवावका कारण पारित हुन नसकेको कसैबाट लुकेको छैन ।
संविधान अनुसार माध्यमिक शिक्षा स्थानीय तहलाई हस्तारण गरि सकिएको छ । तर नयाँ विधेयकमा सरोकारबलाहरुको दवावका कारण शिक्षकहरुलाई संघ सरकारमै राख्ने प्रयास गरिएपछि विचाराधिन शिक्षा विधेयक समस्यामा परेको सरोकारबलाहरुले टिप्पणी गर्न थालेका छन ।
संविधानले माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार सूचिमा राखेको छ । त्यस अनुरुप विद्यालयहरु स्थानीय तह मातहत हस्तान्तरण समेत भै सकेका छन । तर शिक्षकहरु स्थानीय तह मातहत जान मानि रहेका छैनन् । उनिहरुले शिक्षकहरुलाई स्थानीय तह मातहत राखिए आफुहरु आन्दोलनमा जाने चेतावनी दिई रहेका छन ।
विचाराधिन शिक्षा विधेयक शिक्षकहरुको मांग सम्बोधन हुने गरि संशोधन विधेयक समेत हालिएको छ । यही विषयले मुख्यरुपमा शिक्षा विधेयकलाई समस्यामा पारेको संसदको शिक्षा स्वास्थ्य तथा विज्ञान प्रविधि समितिले ठहर गरेको ।
शिक्षकहरुको मांगलाई सम्बोधन गर्न संविधान नै संशोधन गर्नु पर्ने हुन्छ । तर त्यो त्यति सजिलो भने छैनन् । माध्यमिक शिक्षालाई स्थानीय तहको एकल अधिकारको सूचि बाट हटाइए मात्र शिक्षकहरुको मांग सम्बोधन गर्न सकिन्छ ।
शिक्षा विधेयकको अर्को झेल भनेको शिक्षकहरुको दलगत संगठन राख्न पाउने कि नपाउने र निजी विद्यालयहरुको व्यवस्थापन पनि हो । नयाँ शिक्षा विधेयक शिक्षकहरुको हक हितको लागि शिक्षक महासंघ मात्र राख्न पाउने व्यवस्था छ । तर शिक्षकहरुको दलगत संगठनहरुले भने दलगत संगठन समेत राख्न पाउनु पर्ने मांग गर्दै आएको छ । त्यस्तै निजी विद्यालयहरुको व्यवस्थापनमा नयाँ विधेयकले शैक्षिक गुठी मार्फत संचालन हुनु पर्ने उल्लेख गरेको छ । तर निजी विद्यालय संगठनहरुले अहिले संचालनमा रहेका निजी विद्यालयहरुलाई कम्पनीमै राख्न पाउनु पर्ने दवाव दिदै आएका छन ।
समितिले यही विवादित विषयहरुले सुल्झाउने प्रयास गर्दै आएपनि अहिले सम्म त्यसमा सफलता पाउन सकेका छैन । समितिले विधेयक माथि दफावार छलफल समेत चलाउन सकेको छैन । संशोधन कर्ताहरु संगको छलफलमा समितिले निक्यौल गरेको विषयहरुलाई अब दफावार छलफल चलाउने प्रयास थालेका छन ।
त्यस्ता दफावार छलफलबाट निक्र्यौल गरिने विवादित विषयहरुलाई शिर्ष तहको छलफलबाट टुङ्गयाउने प्रयास समितिको छ । संसदबाट निक्यौल हुने विषयलाई शिर्ष तह बाट टुङ्गयाउने प्रयास गर्नुमा समेत अशांका उब्जिन थालेका छन । संघीयतालाई कमजोर पार्ने प्रयास विभिन्न तह बाट भै रहेको समयमा यस्ता विषयहरुले स्थान पाउनु आफैमा संकास्पद बनेका छन ।
शिक्षकहरुको अनावश्यक दवाव र संघीयता विरोधी मानसिकता बोकेका दलहरुको मौन स्वीकृतिले माध्यमिक शिक्षालाई स्थानीय तहको एकल अधिकार सूचि बाट हटाउने खेल त होइन भने आशंका समेत गर्न थालिएको छ ।
+ There are no comments
Add yours