विवाहपञ्चमीमा अंश फाउन्डेसनद्वारा स्वास्थ्य शिविर सञ्चालन

Spread the love
फरिच्छ नेपाल
जनकपुरधाम, २१ मङ्सिर । सीताराम विवाहपञ्चमीको अवसरमा अंश फाउन्डेसनद्वारा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
शुक्रबार जनकपुरधामको रंगभूमि मैदान बाह्र विघामा स्वास्थ्य शिविर सञ्चालन गरिएको फाउन्डेसनका अध्यक्ष शैलेन्द्र यादवले जनाए।
अध्यक्ष यादवका अनुसार फाउन्डेसनले विवाहपञ्चमीको अवसरमा देश विदेश वाट आउने श्रद्धालु भक्तजनहरुलाई सेवा गर्ने उद्देश्यले विगत देखि नै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए।

शुक्रबार सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट हजारौंको संख्यामा विवाह पञ्चमी हनैआउने श्रद्धालु भक्तजनहरूले स्वास्थ्य लाभ लिएको उनले बताए । साथै उक्त स्वास्थ्य शिविरमा सहयोग गर्ने स्वयं सेवक स्वास्थ्यकर्मी र सुरक्षा कर्मीहरुलाई हार्दिक ध्न्यवाद दिनचाहन्छु वताउनु भयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours