अबैध रुपमा भैरहेको नदी उत्खनन् नियन्त्रणमा जुटे धनुषाका सरकारी अधिकारीहरु

Spread the love

जनकपुरधाम, ३० माघ । सरोकारबाला निकायका प्रमुखहरु अबैध नदी (औरही खोला) उत्खनन् नियन्त्रणमा जुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार धनुषाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, मिथिला नगरपालिका मेयर, सिडियो, नेपाल प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपी र राष्ट्रिय अनुसन्धानका विभागका उपप्रमुख लगायतका सरकारी अधिकारीहरु अबैध उत्खनन् नियन्त्रणमा जुटेका छन् ।

मिथिला नगरपालिका स्थित औरही खोलाबाट अवैध रुपमा खोला उत्खन्न, निकासी पैठारी, नदीजन्य पदार्थ (बालुवा तथा गिट्टी) को अवैध दोहन सम्बन्धि जानकारी लिई निरीक्षण तथा अनुगमन समेत गरी कानूनी प्रक्रृया पूरा नगरी कुनै पनि क्रसर सञ्चालन नगर्नु, नगराउनु भनि सम्बन्धित सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराएका छन् ।

बुधबार जिल्ला समन्वय समितिका प्रमुख रामनन्द मण्डल, उप–प्रमुख संगिता देवी ठाकुर, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्का, राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुख उप–अनुसन्धान निर्देशक गणेश आचार्य, पत्रकार, वडा अध्यक्ष, नगरपालिका प्राविधिक कर्माचारी लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

जिल्लाको मिथिला नगरपालिका मात्रै होइन, धनुषाधाम र गणेशमान नगरपालिकामा पनि अबैधरुपमा नदी उत्खनन् भैरहेको छ । कमला नदी, बालुवा खोला र जगधर खोलामा पनि व्यापकरुपमा उत्खनन् गरिएको छ । रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? त्यस्तो चाँहि नहोस् । अनुगमन मात्रै होइन, नियन्त्रण होओस् सरकारी ।

You May Also Like

More From Author

+ There are no comments

Add yours