मिर्चैया, ३ फागुन । सिरहाको एक विद्यालयले जग्गा दातालाई सम्मान गरेको छ । जिल्लाको मिर्चैया न.पा. ७ मा रहेका जनता आधारभूत विद्यालय छघरेले जग्गा दातालाई सम्मान गरेको हो ।
शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कदरपत्र सहित सम्मानित सोही जिल्लाको सिरहा न.पा. १९ सन्हैठाका राधेश्याम यादवले २०५० सालतिरै सो विद्यालयलाई २ कठ्ठा जग्गा उपलब्ध गराउनु भएको थियो । अगुवा समाजसेवी यादवले शिक्षाजस्तो संवेदनशील क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय छ । उहाँले विद्यालयलाई जग्गा दिएर आफू खुशी रहेको बताउनु भयो ।
सबैका छोराछोरीले शिक्षा हासिल गर्न पाउनु पर्छ । उहाँले भन्नुभयो, ‘मैले शिक्षाको मन्दिरमा लगानी गरेको छु । सबैको परिवारमा ज्ञानको ज्योति फैलियोस् । यो नै मेरो मान्यता हो । तपाईंहरुको साथ र सहयोग पाउँदा मलाई पनि खुशी लागेको छ । मैले सकेसम्म विद्यालयलाई सहयोग गरेको छु ।’
विद्यालयलाई जग्गा दान गरेका यादवलाई स्थानीयहरुले दानवीरको संज्ञा दिएका छन् । यस्ता दानवीरको हाम्रो समाजमा खाँचो रहेको स्थानीयहरु बताउँछन् ।
यता, दानवीर यादवले आफ्ना लागि त सबैले गर्छन् । समाजका लागि मैले केही गरौं भन्ने सोचेंर विद्यालयलाई जग्गा उपलब्ध गराएको हुँ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु रैका मगरको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मिर्चैयाका नगरप्रमुख श्रवण यादव, विद्यालयका प्रधानाध्यापक बिना साह, शिक्षक–शिक्षिका, वडाअध्यक्ष रामदयाल ठाकुर, पूर्व वडाअध्यक्ष, समाजसेवी अभरेन्द्र यादव, वरिष्ठ फोटोग्राफर ओम यादव, टिकाराम पोख्रेल, हर्कराज राई तथा समाजसेवी, बुद्धिजीवि, शिक्षाप्रेमी लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।
सोहीअवसरमा समाजसेवी यादवले स्थानीय गरिब र असहायहरुलाई कम्बल वितरण गरेका छन् ।
त्यस्तै, सोही विद्यालयलाई एकथान स्टिल दराज, ५ थान कुर्सी र विद्यार्थीहरुलाई कापी कलम समेत वितरण गरेका छन् ।
+ There are no comments
Add yours