रामगोपालपुर, ६ चैत । महोत्तरीको मनराशिस्वा नगरपालिकामा पीसीसी सडक निर्माण कार्यको शिल्यानाश गरिएको छ ।
बुधबार नगरपालिकाको वडा नं.३ सोनौलमा २५ लाखको लागतमा निर्माण हुन लागेको सडक निर्माण कार्यको शिल्यानाश गरिएको हो ।
सो सडक निर्माणका लािग प्रदेश सांसद सरोजसिंह कुशवाहाको संसदीय कोषबाट बजेट छुट्याइएको स्थानीय नेता महेन्द्र मुखियाले बताए ।
जसपा नेपालका कार्यकारिणी समति सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादव र सोही क्षेत्रका प्रदेश सांसद एवं मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाको उपस्थितिमा सडक निर्माण कार्यको शिल्यानाश गरिएको हो ।
सडक शिल्यानाश कार्यक्रममा जसपा नेपालको पूर्व वडा संयोजक महेन्द्र मुखिया, रामगोपालपुर नगर कमिटीका सह–संयोजक विजय यादव लगायत नागरिक समाज र युवाहरुको उपस्थिति थियो ।
+ There are no comments
Add yours