स्वतन्त्रता विरोधी कदम जनताले नस्वीकार्ने : पूर्वमुख्यमन्त्री राउत

Spread the love

वीरगञ्ज, १७ चैत । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय महासचिव तथा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले मधेशी जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धी समाप्त गर्न प्रतिगामीहरु लागिपरेको बताएको छ ।

प्रेस मञ्च नेपाल, पर्सा जिल्लाको अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रताको बिरोधमा आउने कुनै पनि व्यवस्था जनताले स्वीकार गर्दैन ।’

पत्रकार हरेक परिवर्तनको सम्बाहक रहेको बताउँदै पूर्वमुख्यमन्त्री राउतले राज्यद्वारा पत्रकारहरुको सुरक्षाको गारेन्टि गर्नु्पर्ने माग समेत गरे ।

एभिन्युज टेलिभिजनका क्यामेरा मैन सुरेश रजकको हत्या गरिएको प्रति आक्रोश पोख्दै मञ्चका केन्द्रीय कार्यबाहक अध्यक्ष मनोज यादवले कथित राजावादीहरुको प्रदर्शनले पत्रकारिता र सञ्चारमाध्यमलाई दबाउन खोजिएको संकेत गरे ।

हरेक आन्दोलनलाई सार्थक बनाउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यादवले हत्यारालाई राज्यले तत्कालै कारवाही गर्नु पर्ने माग समेत अघि सारे ।

पत्रकारलाई जिउँदो जलाएर मार्ने र सञ्चार संस्थामाथि तोडफोड गर्ने व्यवस्था जनताले नस्वीकार्ने उनले दावी गरे ।

अध्यक्ष यादवले संगठनको सुदृढीकरण, सञ्चारकर्मीको हकहित तथा स्थानीय स्तरमा पत्रकारिताको विकासको क्षेत्रमा जोड दिए ।

त्यस्तै, मञ्चका प्रदेश अध्यक्ष अभरेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयताको रक्षाका लागि सबै संगठन एक भई लाग्नु पर्ने आवश्यकता औंल्याए ।

मञ्चका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका मधेस प्रदेश समितिका सदस्य त्रिलोकिनाथ यादवले दोस्रो जिल्ला अधिवेशनले प्रेस मञ्च नेपाल पर्सा जिल्ला कार्य समितिलाई अझ मजबुत र प्रभावकारी बनाउने बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours