करिब ९ वर्षपछि मिर्चैया वाणिज्य संघको साधारणसभा हुँदै

Spread the love

 

मिर्चैया, १९ मंसिर । सिरहाको रामनगर मिर्चैया उद्योग वाणिज्य संघको दोेस्रो साधारणसभा हुने भएको छ ।

अनिश्चित् जस्तै देखिने संघको अधिवेशनको बाटो खुलेपछि साधारणसभा हुने भएको हो ।

विगत ९ वर्षदेखि बन्दी बनाइएको अवस्थामा रहेको वाणिज्य संघको साधारणसभा हुने भएपछि उद्योगी, व्यापारी तथा व्यावसायीहरु हर्षित् भएका छन् ।

संघ अन्तर्गत मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकाका उद्योगी, व्यापारी तथा व्यावसायीहरु आवद्ध छन् ।

करिब १७ वर्षअघि स्थापना गरिएको संघमा हालसम्म २ जना अध्यक्षहरुले चलाएका छन् ।

यस क्षेत्रका व्यावसायी र नेतृत्त्वबीच लामो रस्साकस्सीपछि अधिवेशन हुने निश्चित् भएको छ ।

अब तेस्रो कार्यकालका लागि हुने अधिवेशनमा कडा प्रतिस्पर्धा हुने बुझिएको छ । यस क्षेत्रका व्यावसायीहरुले नेतृत्त्व लिएर घरमा गएर सुत्ने अनावश्यक गाली गलौज गर्ने र सामुहिक निर्णय नमान्ने नभई, व्यापार–व्यावसायलाई राम्ररी बुझेका, मिर्चैयाका व्यवसायीक छवी राष्ट्रिय स्तर सम्म गरीमा वढाउन सक्ने छमता भएका तथा व्यावसायीहरुलाई सहयोग गर्न सक्ने युवा पुस्तालाई नेतृत्त्व दिन खोजिरहेको बुझिएको छ ।

साधारणसभा मिर्चैयाको कटारीचोक स्थित रामजानकी होटेलमा बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours