जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी अभियान तीब्र

Spread the love

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन्।
सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष यादवको अहिले मुख्य प्राथमिकता हो– ग्रामीण भेगका जनतासँग छलफल, भेटघाट र स्थानीय मतदाता समस्या र गुनासाहरुको पहिचान।
यही दैनिकीलाई उनले प्राथमिकता दिएर चुनावी अभियानलाई निरन्तरता दिइरहेका छन्।
यसैक्रममा, बिहीबार डाक्नेश्वरी नगरपालिका स्थित कटैया फत्तेपुरमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले क्षेत्रको समस्याबारे अवगत गराएका छन्। सहभागीहरूले गाउँलाई जोड्ने सडकहरूको जर्जर अवस्था, सिँचाइ अभाव, विद्यालयहरूमा शैक्षिक गुणस्तरमा कमी, भरपर्दो स्वास्थ्य सुविधा नरहेको, गरिबी तथा बेरोजगारी समस्याबारे जसपा अध्यक्ष यादव समक्ष गुनासो गरेका छन्।


कार्यक्रममा अध्यक्ष यादवले सप्तरीको विकास तथा समृद्धिका लागि आफू प्रतिवद्ध रहेको बताए। विगतमा सप्तरीका जनताबाट निर्वाचित हुँदा दूरगामी सोचका साथ शिक्षा, स्वास्थ्य र सडक निर्माण सम्बन्धि थुप्रै कामहरू गरेको उनले चर्चा गरे।
विगतमा कांग्रेस कम्युनिस्टले सत्ता सञ्चालन गरेको तथा उनीहरूकै जनप्रतिनिधि जितेर गए पनि परिवर्तन नभएको चर्चा गर्दै उनले भोट माग्न आउनेहरूसँग प्रश्न गर्न आग्रह गरे।
क्षेत्र नम्बर ३ मा अत्यधिक गरिबी, अशिक्षा र बेरोजगारी रहेकोप्रति चिन्ता व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जसपा नेपालका उम्मेदवारहरूलाई भारी मतले जिताउन अध्यक्ष यादवले आह्वान गरेका छन्।

 

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours