‎निर्वाचन आचारसंहिताकाे उल्लघन गर्दं मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव

Spread the love

मलङ्गवा, सर्लाही
‎आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेको छ।
‎मुख्यमन्त्री यादव नेपाली काँग्रेसका सभापति गगन थापाकालागि सर्लाही निर्वाचन क्षेत्र नं.४ मा मत माग्न गएकाे आराेप लागेकाे छ ।

स्थानीय स्रोतका अनुसार मुख्यमन्त्री यादवले निर्वाचनको समयमा सरकारी सेवा–सुविधा प्रयोग गरी राजनीतिक गतिविधि गरेको आरोप लगाइएको हो। निर्वाचन आचारसंहिताअनुसार कुनै सार्वजनिक पनि पदमा रहेका व्यक्ति निर्वाचन अवधिमा सरकारी सुविधा प्रयोग गरी कसैको पक्षमा मत माग्न नपाइने व्यवस्था छ।

‎स्रोतको दाबीअनुसार मुख्यमन्त्री यादव बलरा नगरपालिकाका पूर्व मेयर अभय सिंहलाई नेपाली कांग्रेसका सभापति गगन थापाको पक्षमा मतदान गर्न फकाउन सर्लाही आएका थिए। पूर्व मेयर सिंह हाल जनता समाजवादी पार्टी (जसपा) नेपालमा आबद्ध छन्।

यस विषयमा प्रतिक्रिया दिँदै पूर्व मेयर अभय सिंहले मुख्यमन्त्री यादव आफू कहाँ आएको कुरा स्वीकार गरे पनि उनीहरूबीच कुनै राजनीतिक लेनदेन वा पार्टी हितविरुद्धको सहमति नभएको स्पष्ट पारे। उनले आफू कुनै पनि हालतमा पार्टीको हितविरुद्ध नजाने बताए।

‎स्थानीयवासीहरूले भने मधेश प्रदेशकै मुख्यमन्त्रीले आफ्नो पदीय मर्यादा विपरीत गतिविधि गरेको भन्दै आपत्ति जनाएका छन्।

स्थानीय एक बासिन्दाका अनुसार बैंकमा रकम निकाल्न गएका बेला एकाएक ठूलो सुरक्षा र भीड देखिएको थियो, पछि मुख्यमन्त्री त्यहाँ पुगेको थाहा भएको बताए। उनले निर्वाचन अवधिमा मुख्यमन्त्री स्वयं मत माग्न आउनु निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए।

यस घटनाबारे निर्वाचन आयोग तथा सम्बन्धित निकायले कुनै औपचारिक प्रतिक्रिया जनाइसकेका छैनन्।

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours