जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपालमा रहेका विभिन्न उत्पीडित वर्ग, समुदाय तथा विभेदमा परेका जनताको आवाज उठाउने राजनीतिक शक्तिहरूसँग एकता तथा एकीकरणको उद्देश्यले वार्ता समिति गठन गरेको छ। यसै क्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पहिलो चरणमा एकीकरणको प्रक्रिया अघि बढिसकेको छ।
पार्टीलाई अझ सशक्त, व्यापक र प्रभावकारी बनाउन अन्य समान विचारधारा भएका राजनीतिक दलहरूसँग पनि एकीकरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै नेता तथा कार्यकर्ताहरूले पार्टी नेतृत्वलाई निरन्तर आग्रह र दबाब दिँदै आएका छन्।
यसै सन्दर्भमा जनता समाजवादी पार्टी नेपालका भ्रातृ संगठन समाजवादी महिला संघकी केन्द्रीय सदस्य सफिना खातुनले आफ्नो फेसवुक पोष्ट मार्फत नेर्तत्व जनमत पार्टी तथा राष्ट्रिय जनमुक्ति पार्टीसँग समेत एकीकरणका लागि समन्वयकारी भूमिका निर्वाह गर्न पार्टी नेतृत्वसमक्ष अनुरोध गर्नुभएको छ।
उहाँले एकीकरण सम्पन्न भएपछि सबै दलका नेता तथा कार्यकर्ताहरू एकजुट भई मधेश, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा अन्य उत्पीडित समुदायको अधिकार र पहिचानको पक्षमा थप सशक्त रूपमा लाग्नुपर्नेमा जोड दिनुभएको छ।


+ There are no comments
Add yours