सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी सनराइज बैंकद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

Spread the love

सिरहा, मिर्चैया, पिके कर्ण ।
लक्ष्मी सनराइज बैंक मिर्चैया शाखाले नरहा गाउँपालिका स्थित नन्दा बक्स गण आर्मी ब्यारेक, चोहर्वामा रहेको सर्पदंश उपचार केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ।

उपचार केन्द्रमा आयोजित कार्यक्रममा गणपति समिर श्रेष्ठ सर्पदंश उपचार केन्द्र समितिका अध्यक्ष विजय महासेठलाई बैंकका मधेश प्रदेश कार्यालय जनकपुरधामका प्रदेश प्रमुख अमितकुमार कर्ण मिर्चैया शाखा व्यवस्थापक संजय यादव, लगायतको टोलीले बैंकको सामाजिक उत्तरदायीत्व वोध गर्दै यो सामाग्रि यस्तो सामुदायीक उपचार केन्द्रमा हस्ताणतरण गर्न पाउनु पाउनु बैंकको लागी पनि सौभाग्य रहेको वताउँदै
उक्त मेसिन हस्तान्तरण गरेको हो।

अध्यक्ष महासेठले समुदायको सहयोगबाट सञ्चालन हुँदै आएको उपचार केन्द्रका लागि अक्सिजन कन्सन्ट्रेटर महत्वपूर्ण सहयोग भएको बताउँदै बैंकलाई धन्यवाद दिए।

समितिका सहसचिव प्रभात सिंह ‘पिन्टु बाबा’ले मेसिनले सर्पदंशका बिरामीको उपचारमा सहजता पुग्ने बताउँदै लक्ष्मी सनराइज बैंकको मिर्चैया शाखा, प्रदेश कार्यालय र केन्द्रीय कार्यालयप्रति आभार व्यक्त गरे।

उनले उपचार केन्द्रका लागि आगामी दिनमा आवश्यक अन्य स्वास्थ्य सामग्रीसमेत सहयोग गर्न सम्बन्धित व्यक्ति, संस्था तथा जिल्लावासीलाई सञ्चार माध्यममार्फत आग्रह गरेका छन्।

 

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours